sujim advert

लायनको कर्जा लगानी झण्डै ९ करोड

डबली खबर     पुस २०, २०८०

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

lion cooperative donate nepal redcross nuwakot
bidur tax consultancy services in nuwakot

नुवाकोट – लायन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले गत आव २०७९/७९मा झण्डै ९ करोड लगानी गरेको छ ।

१६औं वार्षिक साधारणसभामा प्रस्तुत प्रतिवेदनअनुसार सहकारीले कर्जा लगानी आठ करोड ६२ लाख ८६ हजार ८४५ रुपैयाँ छ । सहकारीले १४ करोड ८१ लाख ८६ हजार ५३९ रुपैयाँ बचत संकलन र १२ लाख ३६ हजार रुपैयाँ खुद बचत गर्न सफल भएको छ ।

सहकारीले चालुआर्थिक वर्षमा दुई करोड २५ लाख रुपैयाँ आम्दानी गरी करिब २५ लाख रुपैयाँ नाफा आर्जन गर्ने लक्ष्य राखेको छ । यस्तै, सहकारीले यसवर्ष शेयर पुँजी पाँच करोड पुर्याउने लक्ष्य राखेको छ ।

साधारणसभाले गत आर्थिक वर्षको आयव्यय विवरणका साथै चालुआर्थिक वर्षको निती तथा कार्यक्रम र बजेट समेत पारित गरेको छ ।

साधारणसभामा विदुर नगरपालिकाका २ नम्बरका वडा अध्यक्ष दिपक कायस्थको प्रमुख आतिथ्य रहेको थियो ।

साधारणसभाको अवसरमा उत्कृष्ट बचतकर्ता, ऋणी तथा अन्य विधामा पुरस्कार तथा सम्मान वितरण गरेको छ । बचतकर्तातर्फ भवानी सुवेदी र रामशरण सिटौला रहेको सहकारीका अध्यक्ष कुवेरमान श्रेष्ठले जानकारी दिए । ऋणीतर्फ सविन अमात्य, मुकुन्द बजगाईं, बाल बचतकर्तातर्फ युनिषा श्रेष्ठ र श्रेया तामाङ रहेका छन् ।

सहकारीले वरिष्ठ सङ्कलक विकास लामिछानेलाई यस वर्षको उत्कृष्ट कर्मचारी घोषित गरेको छ ।

नेपाल रेडक्रस सोसाइटी नुवाकोट जिल्ला शाखाबाट नि:शुल्क रगत उपलब्ध गराउनका लागि स्थापना गर्न लागिएको एक करोड रुपैयाँको कोष अभियान अन्तर्गत सहकारीले १५ हजार रुपैयाँ उपलब्ध गराएको छ ।

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top