sujim advert

छ किसान सम्मानित

डबली खबर     पुस १८, २०८०

sizen education new intake 2025
ananda Jewellery shop
advertisement placement

six farmer awarded to president best farmer award in nuwakot and rasuwa
bidur tax consultancy services in nuwakot

विदुर – राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारअन्तर्गत नुवाकोट र रसुवा जिल्लाका छ उत्कृष्ट किसानहरु सम्मानित भएका छन् ।

कृषि तथा पशुपक्षीका क्षेत्रमा उल्लेखनीय काम गरेबापत सो सम्मान गरिएको केन्द्रका प्रमुख केशव खनालले जानकारी दिए । बागमती प्रदेशको कृषि विकास निर्देशनालय तथा पशुपक्षी विकास निर्देशनालयको केन्द्रले आज एक कार्यक्रमकाबीच किसानलाई सम्मान गरिएको हो ।

सम्मानित हुनेमा नुवाकोटबाट तिलकुमारी न्यौपाने (विदुर), धनकुमारी गुरुङ (शिवपुरी) र अष्टलाल तामाङ (ककनी) रहेका छन् । यस्तै, रसुवाबाट ग्यालदोर्जे तामाङ (गोसाइँकुण्ड), हीरबहादुर तामाङ (उत्तरगया) र पेम्बा तामाङ (नौकुण्ड) किसान रहेका छन् ।

पुरस्कृत किसानहरुलाई जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरी र प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले २० हजार रुपैयाँ नगद पुरस्कार र सम्मानपत्र प्रदान गरेका थिए ।

HPV-Vaccination-Campaign-Against-Cervical-Cancer-2081-ad
as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top