sujim bazar advert

प्रविधिमा पत्रकार तालिम

डबली खबर     पुस १८, २०८०

Sizen Education Consultancy Pvt. Ltd.

journalist in technology
Big Education Consultancy Nuwakot

विदुर – नुवाकोटका क्रियाशील पत्रकारहरुलाई अनलाईन पत्रिका सम्बन्धि एकदिने तालिम दिईएको छ ।

त्रिशूली वेबको आयोजना तथा यस गणेशबाबु मिडिया एण्ड इन्टरटेन्टमेन्ट प्रालिद्वारा सञ्चालित डबली खबरको समन्वयमा पत्रकारहरुलाई प्रविधिमा पत्रकार विषयक तालिम दिईएको हो ।

तालिममा अनलाईन समाचार सम्प्रेषणमा ध्यान दिनुपर्ने तथा समाचार सम्पादनमा फोटो, अडिओ, भिडिओलगायतका सम्बन्धि जानकारी दिएको थियो ।

तालिममा कृत्रिम बुद्धिमत्ता (आर्टिफिसियल इन्टिलिजेन्स) को प्रयोग, फोटो तथा भिडिओ सर्जकको प्रतिलिपि अधिकार, पोडकास्टलगायतका विषय जानकारी र उपयोगिताबारे प्रस्तुत गरिएको थियो ।

डबलीखबर डटकमका प्रधान सम्पादक तथा प्रकाशक सुनील श्रेष्ठले सहजीकरण गरेको तालिममा अनलाईन, रेडियो, पत्रिका सञ्चारमध्यममा आबद्ध १० जना पत्रकारहरुको सहभागिता रहेको थियो ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top