sujim advert

रेडियोकर्मीलाई तालिम

डबली खबर     पुस १२, २०८०

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

radio technician training in nuwakot
bidur tax consultancy services in nuwakot

नुवाकोट – रेडियोको गुणस्तर वृद्धि र रेडियोको प्रशारण सामाग्रीलाई डिजिटलाइजमा सहयोग पुर्याउन रेडियोमा कार्यरत पत्रकार तथा सञ्चारकर्मीलाई पाँच दिने प्राविधिक तालिम प्रदान गरिएको छ ।

सञ्चार रजिष्ट्रारको कार्यालय बागमती प्रदेशले विदुरमा भएको पुस ८ देखि १२ गतेसम्म तालिममा समाचार उत्पादनका लागि आवश्यक प्राविधिक ज्ञान, सिप र रेडियोका लागि उत्पादित सामग्रीलाई डिजिटल माध्यमबाट वितरण गर्ने पोडकाष्टको सीप सिकाइएको सञ्चार रजिष्ट्रार रेवतीप्रसाद सापकोटाले बताए ।

तालिममा रत्नराज्य क्याम्पसका पत्रकारिता विभाग प्रमुख डा. श्रीराम पौडेल र सञ्चार रजिष्ट्रार कार्यालयका इञ्जिनियर रोशन कोइरालाले सहजीकरण गरेका थिए ।

तालिममा प्रदेशका नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, काठमाडौ, मकवानपुर, ललितपुर, चित्तवन र धादिङका २३ जनाको सहभागीता रहेको थिए ।

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top