विदुर – गायक प्रेम तामाङको ‘नुवाकोट कि दरबार’ बोलको म्हेन्दोमाया गीत बजारमा आएको छ ।
गायक तामाङकै शब्द रहेको गीतको म्युजिक भिडिओ एलएमसि डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।
गीतमा गायक तामाङ र मीना लामाको स्वर रहेको छ ।
चीजा लेकालीको सङ्गीत रहेको गीतको म्युजिक भिडिओलाई सिंहबहादुर तामाङले निर्देशन गरेको छ ।
भिडिओमा रमेश तामाङ र मनिषा तामाङको अभिनय रहेको छ ।
रोशन फ्युबा तामाङको सम्पादन र छायांकन रहेको भिडिओमा माया पिरतीलाई नुवाकोटको साततले दरबारसँगको चोखोमाया दर्शाएको छ ।
प्रतिक्रिया