२०८१, २३ बैशाख आईतवार

नुवाकोटमा हुलाक सेवा घट्दै, सरकारी पत्र हुलाकबाटै हुनुपर्ने

डबली खबर     पुष ५ २०८० १५:३५

district post office of nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – नुवाकोटमा सरकारी कार्यालय र निजी प्रयोजनका चिट्ठीपत्रको हुलाक सेवा घटेको छ । गत महिना मङ्सिरमा चिट्ठीपत्र ६६९ वटा मात्रै दर्ता भएको जिल्ला हुलाक कार्यालय नुवाकोटले जनाएको छ ।

कार्यालय प्रमुख नन्दकिशोर यादवकाअनुसार हुलाक सेवा अन्तर्गत जिपिओ २१ वटा, चिट्ठी वितरण एक हजार १५४ वटा, सामान वितरण ९ वटा र राहदानी वितरण ९ पोका रहेका छन्। यस्तै, अन्य हुलाकबाट कार्यालयमा साधारणपत्र प्राप्तमा ५५ र चलानमा ३०० वटा रहेका छन् भने रजिष्ट्री पत्र चलानमा ४८५ वटा रहेका छन् ।

हुलाकमार्फत् मङ्सिरमा देशभरबाट सात सय ५६ वटा पत्रपत्रिका जिल्लामा प्राप्त भएका छन् ।

हुलाक टिकट बिक्रिबाट एक लाख ३६ हजार रुपैयाँ, अटोमेसनबाट ४२ हजार ८०५ रुपैयाँ र सामान वितरण सेवा शुल्कबाट एक हजार ८८२ रुपैयाँ सङ्कलन भएको छ ।

सरकारी कार्यालयले सरकारी हुलाक सेवा प्रयोग गर्न छाडेपछि गत असोजमा सरकारी चिठ्ठीपत्र र कागजात हुलाकमार्फत् पठाउने व्यवस्था सुनिश्चित गर्ने निर्णय गरेको थियो । कार्यान्वयनको पछिल्लो समयमा इमेलको मध्यम र निजी कुरियरमार्फत चिट्ठी पठाउँदा हुलाक सेवामा कमि आएको हो । सरकारी कार्यालयहरुले चिठ्ठीपत्रसहित विभिन्न हुलाकसम्बद्ध सेवा पनि निजीस्तरका कुरियर र कार्गो कम्पनीबाट लिइरहेका छन् । यसले गर्दा हुलाक सेवामा आकर्षण कम हुँदै गएको छ ।

अहिले धेरैजसो सरकारी पत्र तथा परिपत्र इमेल र अनलाइन प्रविधिमार्फत नै कार्यालयहरुमा पुग्ने गरेका छन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top