+
Search

ताजा अपडेट +

पपुलर +

समाजवादी मोर्चाले सन्देशसभा गर्दै

samajvadi morcha nepal
डबली खबर
२ साल अगाडी

विदुर – समाजवादी मोर्चा नेपाल नुवाकोटले आगामी शनिबार मङ्सिर ३० गते विदुरमा सन्देशसभा गर्ने भएको छ ।

नेकपा माओवादी केन्द्र, नेपाल कम्युनिष्ट पार्टी, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी सम्मिलित चार दलिय समाजवादी मोर्चाले आज विदुरमा पत्रकार सम्मेलन गर्दै मोर्चाको सन्देश प्रवाह गर्न सभा आयोजना गर्न लागिएको माओवादी केन्द्रको तर्फबाट नुवाकोट जिल्ला संयोजक पुष्प लामिछानेले जानकारी दिए ।

सभामा सहभागिताको लागि मोर्चा सम्बद्ध दलका नेता, कार्यकर्ता एवं जनसमुदायलाई आव्हान गरेको छ ।

गत मङ्सिर १६ गते नेकपा पोलिटब्युरो सदस्य तथा मोर्चाका बागमती प्रदेश सचिवालय सदस्य माइला सीको प्रमुख आतिथ्यतामा भएको पहिलो बैठकले उक्त सभा गर्ने निर्णय गरेको थियो ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ