sujim advert

समाजवादी मोर्चाले सन्देशसभा गर्दै

डबली खबर     १ वर्ष अगाडि

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

samajvadi morcha nepal
bidur tax consultancy services in nuwakot

विदुर – समाजवादी मोर्चा नेपाल नुवाकोटले आगामी शनिबार मङ्सिर ३० गते विदुरमा सन्देशसभा गर्ने भएको छ ।

नेकपा माओवादी केन्द्र, नेपाल कम्युनिष्ट पार्टी, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी सम्मिलित चार दलिय समाजवादी मोर्चाले आज विदुरमा पत्रकार सम्मेलन गर्दै मोर्चाको सन्देश प्रवाह गर्न सभा आयोजना गर्न लागिएको माओवादी केन्द्रको तर्फबाट नुवाकोट जिल्ला संयोजक पुष्प लामिछानेले जानकारी दिए ।

सभामा सहभागिताको लागि मोर्चा सम्बद्ध दलका नेता, कार्यकर्ता एवं जनसमुदायलाई आव्हान गरेको छ ।

गत मङ्सिर १६ गते नेकपा पोलिटब्युरो सदस्य तथा मोर्चाका बागमती प्रदेश सचिवालय सदस्य माइला सीको प्रमुख आतिथ्यतामा भएको पहिलो बैठकले उक्त सभा गर्ने निर्णय गरेको थियो ।

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top