World Tuberculosis Day 2025
sujim advert

हस्तकला व्यापार मेला तथा प्रतियोगिता हुदैं

डबली खबर     मंसिर २५, २०८०

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

bidur tax consultancy services in nuwakot
health office nuwakot awareness

काठमाडौं – नेपाल हस्तकला महासंघले २०औ ब्यापार मेला तथा १८ औं हस्तकला प्रतियोगिता आयोजना गर्ने भएको छ । महासंघले आफ्नो स्थापनाको ५१ औं बार्षिकोत्सव र १२ औं हस्तकला दिवसको अवसरमा मंसिर २८ देखि पुस २ गतेसम्म व्यापार मेला र प्रतियोगिता आयोजना गर्न लागेको हो ।

महासंघले आफ्नो स्वर्ण वर्ष पुगेको उपलक्ष्य पारेर विगतका वर्षहरुमा जस्तै यसवर्ष पनि नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको संयुक्त तत्वावधानमा बागमती प्रदेश, नेपाल सरकार उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, काठमाडौ महानगरपालिका, ललितपुर महानगरपालिका, नेपाल पर्यटन बोर्ड, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्श, नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ, ललितपुर उद्योग वाणिज्य संघ, नबिल बैंक लिमिटेडलगायतको सहयोगमा उक्त आयोजना गर्न लागेको हो ।

उद्यमी, कलाकार, कालिगढहरुबाट उत्पादित नेपाली हस्तकलाका वस्तुहरुको स्थानीय र अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनमा सहयोग पुर्याउने, नयी नयी निर्यातयोग्य वस्तु उत्पादन गर्न उद्यमीहरुलाई प्रोत्साहित गर्ने, अन्तर्राष्ट्रिय बजारका आयातकर्ताहरुको चाहना अनुरुप वस्तु डिजाईन र रंग संयोजनका बारेमा उद्यमी व्यवसायीहरुमा जानकारी आदान प्रदान गर्ने स्वदेशी र विदेशी क्रेता तथा विक्रेता बीच एक आपसमा सीप, प्रविधि, डिजाईन र ज्ञानको आदान प्रदान गर्ने आदि नै यो मेलागर्नुको मुख्य उद्देश्य रहेको छ ।

मेलाको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्ने कार्यक्रम रहेको छ । मेलामा हस्तकलाका वस्तुहरुको करिब १ सय ३० वटा स्टलहरु रहने आयोजकले जानकारी दिएको छ । व्यापार मेलामा महासंघका सदस्य विभिन्न भौगोलिक क्षेत्रबाट प्रतिनिधित्व गर्ने जिल्ला हस्तकला संघ र बस्तुगत संघहरु समेतको सहभागिता रहने छ । 

मेलामा प्याभिलियन मार्फत बागमति प्रदेश प्याभिलियन, ललितपुर महानगरपालिका प्याभिलियन, महासंघको वस्तुगत संघहरु र काठमाडौं महानगरपालिका तथा ललितपुर महानगरपालिका विभिन्न वडाहरुको समूहको प्रदर्शनी पनि रहने छ भने विभिन्न स्टलमा धातुकला, काष्ठकला, सुनचाँदी, सुती एवं ढाकाका सामान, पश्मिना, छालाजन्य सामान, प्राकृतिक रेसा आदि हस्तकला सामानहरुको प्रदर्शनी गरिने भएको छ ।

as fashion store in Trishuli Nuwakot
HPV-Vaccination-Campaign-Against-Cervical-Cancer-2081-ad
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top