+
Search

ताजा अपडेट +

पपुलर +

विदेशी सपना देखाउँदै प्रचण्डको ‘अमेरीकामा ब्रेकफाष्ट गरौला’

Prachanda America breakfast song
डबली खबर
२ साल अगाडी

नुवाकोट – गायक प्रचण्डबाबु राईको नयाँ गीत ‘अमेरीकामा ब्रेकफाष्ट गरौला’ लिएर नेपाली सांगीतिक क्षेत्रमा आएका छन् ।

राम गोपाल ‘आशुतोष’को शब्द र लोकप्रिय संगीतकार हरि लम्सालको संगीत रहेको गीतमा देवेन्द्र नेवाको एरेन्ज रहेको छ ।प्रचण्डबाबु र अस्मिता अधिकारीले युगल गायन रहेको गीतको भिडिओलाई टुवेल नोट्सको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

आम नागरिकहरुले देख्ने सपनाका शब्दहरुलाई समेटेर गीत तयार पारिएको गीतको भिडियोमा मोडेल कविता नेपाली र सुरेश देवलको अभिनय रहेको छ। भिडियोलाइ रोशन श्रेष्ठले निर्देशन गरेका हुन्। सफल गनेजुको सिनेमाटोग्राफी ,गम्भीर बिस्टको कोरियोग्राफी र प्रविन भट्टको सम्पादन रहेको भिडियोलाइ ऐतिहासिक बसन्तपुर दरबार क्षेत्रमा छायांकन गरिएको छ।

नुवाकोट देवीघाटका गायक प्रचण्डबाबुको गत बर्ष सार्वजनिक गीत ‘दिल खोलेर कुरा गरन’ निकै लोकप्रिय भएको थियो।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ