+
Search

ताजा अपडेट +

पपुलर +

संकल्प यात्रा: नुवाकोटमा १७ उपसमिति गठन

battar cpnuml nuwakot 23082080
डबली खबर
२ साल अगाडी

विदुर – नेकपा एमालेले सञ्चालन गरिरहेको समृद्धिका लागि संकल्प यात्रा स्वागत तथा सन्देशसभा आयोजनको लागि जिल्ला कमिटीको बैठकले एक मूल र १७ वटा उपसमिति गठन गरेको छ ।

जिल्ला पार्टी कमिटीका अध्यक्ष बद्री मैनालीको संयोजकत्वमा काठमाडौं र रसुवा जिल्ला कमिटीलगायतका सम्पूर्ण कमिटीहरु र तिनै जिल्लाभित्रका जनसङ्गठनका केन्द्रदेखि मातहतका सम्पूर्ण कमिटीका सदस्य रहने मूल समारोह समिति गठन गरेको छ ।

अभियान व्यवस्थापनका लागि ज्ञापनपत्र तयारी, प्रचारप्रसार तथा सामाजिक सञ्जाल, सांस्कृतिक तथा झाँकी, प्राथमिक उपचार तथा स्वास्थ्य, यातायात, आर्थिक कार्यक्रम तथा सभा सञ्चालन, स्वयंसेवक व्यवस्थापन तथा परिचालन, स्वागतद्वार तथा मास व्यवस्थापन, मोटरसाइकल र्यालीलगायतका १७ उपसमिति गठन गरेको छ ।

मङ्सिर २३ गते बट्टारको घण्टाघर चोकमा आमसभामा पार्टी अध्यक्ष ओलीले सम्बोधन गर्ने जनाएको छ ।

नेकपा एमालेले मंसिर १४ गते देखि मध्यपहाडी राजमार्गको पश्चिमी प्रस्थान विन्दु बैतडीको झुलाघाटबाट यात्रा सुरु गरेको थियो । मध्यपहाडको आर्थिक सामाजिक रुपान्तरणका लागि पक्षमा यो यात्रा जारी गरिएको एमलेले जनाएको छ । सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय नाम दिइएको यो यात्रा पुष २ गते पूर्वी सिमा विन्दु पाँचथरको चिवाभञ्ज्याङ्मा पुगेर समापन हुनेछ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ