२०८१, १६ बैशाख आईतवार

नुवाकोटमा १८१ एचआइभी एड्सका बिरामी

सुनील श्रेष्ठ     मंसिर १४ २०८० १७:२३

trishuli plus conducting aids patient health care service
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – नुवाकोटमा एचआइभी एड्सका बिरामीको सङ्ख्या ११ जना बालबालिकासहित १८१ रहेको छ ।

एचआइभी एड्सको क्षेत्रमा कार्य गर्दै आईरहेको गैरसरकारी संस्था त्रिशूली प्लसको तथ्यांकअनुसार जिल्लामा १८ वर्ष भन्दा कम उमेरका बिरामी बालिका ७ जना र बालक ४ जना गरी कुल ११ जना रहेका छन् । यस्तै, १८ वर्ष भन्दा बढी उमेरका बिरामी महिला ९६ जना र पुरुष ७४ जना रहेका छन् ।

जिल्लामा एचआइभी एड्सका बिरामी सबैभन्दा बढी दुप्चेश्वर गाउँपालिकामा रहेको संस्थाका कार्यक्रम संयोजक शान्ति घिमिरेले जानकारी दिईन् । जसअनुसार महिला ३८, पुरुष २८, बालिका ३ र बालक २ जना सङ्क्रमित बिरामी रहेको छ ।

यस्तै, विदुर नगरपालिका र तादी गाउँपालिकामा ३५/३५ जना एड्सका सङ्क्रमित रहेका छन् । विदुरमा बालबालिका ४, महिला १५ र पुरुष १६ जना रहेका छन् भने तादीमा महिला २० र पुरुष १५ जना रहेका छन् ।

सङ्क्रमितमा तारकेश्वर गाउँपालिकाका १२ जना, बेलकोटगढी नगरपालिका र किस्पाङ गाउँपालिकाका ८/८ जना, पञ्चकन्या गाउँपालिकाका ७ जना, शिवपुरी गाउँपालिकाका ३ जना, लिखु गाउँपालिकाका २ जना र सुर्यगढी, ककनी र म्यागङ गाउँपालिकाका १/१ जना एड्सका सङ्क्रमित रहेका छन् ।

“सङ्क्रमित बिरामी सबैको जीवनयापन र स्वास्थ्य सामान्य छ”, कार्यक्रम संयोजक घिमिरेले भनिन् “समाज र सरकारले हेर्ने दृष्टिकोणमा अझै फरक भएको छैन । सरकारको लक्षित कार्यक्रममा बिरामीहरु परेको छैन । परिवारको आर्थिकस्तर कमजोर हुदाँ बिरामी मनोरोगको शिकार भएको छ ।”

“संस्थाबाट ३/३ महिनाको समय अन्तरालमा बिरामीसँग घरभेट कार्यक्रम हुन्छ”, उनले भनिन् “घरभेटमा बिरामीको स्वास्थ्य अवस्थाबारे साधारण परीक्षण हुन्छ । स्वास्थ्यमा कुनै समस्या भए थप उपचारको लागि त्रिशूली अस्पताल, खरानीटार अस्पताल र देउराली अस्पतालमा पठाउने गरिएको छ । फोनबाट पनि समयसमयमा बिरामीको स्वास्थ्य अवस्थाबारे बुझ्ने गरेका छौँ ।”

जिल्लामा सम्भव नभएका बिरामीको थप उपचारको लागि अस्पतालका डाक्टरको पुर्जी र संस्थाको पत्रको आधारमा काठमाडौं अस्पतालमा पठाउने गरेको उनले जानकारी दिईन् । उक्त पत्रको आधारमा यसै क्षेत्रमा लाग्ने अन्य संस्थाले बिरामी कुरुवादेखि खाना र आवासको समेत प्रबन्ध नि:शुल्क व्यवस्था हुने गरेको छ ।

स्वास्थ्य बीमा कार्यक्रममा जिल्लाका सङ्क्रमित मध्ये १४५ जनाको मात्र बीमा गरिएको उनले जानकारी दिईन् । सरकारले एड्सका बिरामीको स्वास्थ्य बीमा नि:शुल्क गरेतापनि अन्य हकमा जन्मदर्ता, विवाहदर्ता र नागरिकता नहुदाँ स्वास्थ्य बीमामा समेट्न नसकेको उनको दुखेसो छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top