sujim advert

स्वयंसेवकले जिम्मा लगाए सरकारी कागजात

डबली खबर     मंसिर १३, २०८०

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

bidur tax consultancy services in nuwakot

जाजरकोट – नेकपा एमालेको स्वयंसेवक टोलीले जाजरकोटमा भूकम्पको कारण घर भत्किदा पुरिएका सरकारी कागजातहरू निकालेर सम्बन्धित कार्यालयलाई जिम्मा लगाएको छ । 

जाजरकोट भेरी नगरपालिका–३ खलंगास्थित किरण भण्डारीको घरमा रहेको नापी कार्यालयको भवन भत्कँदा पुरिएका सरकारी कागजात सकुशल निकालेर कार्यालयलाई हस्तान्तरण गरियो ।

भूकम्पले पुरिएको सामाग्रीहरू १७ वटा ट्याङ्का, ब्ल्यु प्रिन्ट सम्बन्धी उपकरण, कार्यालयका पुरानो स्रेस्ता लगायतका सामाग्री भत्किएको भवनबाट निकालेर बुझाइयो ।  वाग्मती प्रदेशको स्वयंसेवक टिम-बि १ ले ती सामान सुरक्षित तरिकाले निकाली नापी कार्यालय जाजरकोटका निमित्त प्रमुख समीर रानामगरलाई जिम्मा लगाइएको छ ।

सो घरमा भूकम्पमा परी नापी कार्यालय जाजरकोटकी कर्मचारी दैलेखको दुल्लु नगरपालिका स्थायी घर भएकी अमिन एलिना भण्डारी र प्रज्वल शाहीको ज्यान गएको थियो ।

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top