sujim bazar advert

नुवाकोट महोत्सव माघ २६ गतेदेखि

डबली खबर     मंसिर ११, २०८०

Sizen Education Consultancy Pvt. Ltd.

nuwakot mahatosav 2080
Big Education Consultancy Nuwakot
global ime bank flash loan

विदुर – सदरमुकाम विदुरमा आठौँ नुवाकोट महोत्सव माघ २६ गतेदेखि फागुन ७ गतेसम्म हुने भएको छ । नुवाकोट उद्योग वाणिज्य संघले महोत्सव आयोजना गरेको हो । सङ्घले यसअघि नुवाकोट महोत्सव २०६३, २०६६, २०७०, २०७३, २०७४, २०७६ र २०७९ मा सम्पन्न गरिसकेको छ ।

स्थानीय उत्पादनको बजारीकरण, पर्यटन, कला तथा संस्कृतिको प्रवर्द्धनका लागि महोत्सव आयोजना गर्न लागिएको संघले जनाएको छ। आर्थिक कारोबारलाई चलायमान गराउन महोत्सव आयोजना गर्न लागिएको संघका अध्यक्ष राजेन्द्र श्रेष्ठले बताए।

सदरमुकाम विदुरमा हुने महोत्सवमा विभिन्न खेल, नृत्य, लोकदोहोरी, विज्ञानप्रविधि प्रदर्शन लगायतका प्रतियोगिता हुने भएको छ ।

महोत्सवको लागि ३० उपसमिति गठन गरिएको छ ।

महोत्सवमा ज्येष्ठ नागरिक, अपाङ्ग–अशक्तलाई सरकारले जारी गरेको परिचयपत्रको आधारमा निःशुल्क गरिएको संघको वरिष्ठ उपाध्यक्ष सन्तोष उप्रेतीले जानकारी दिए ।

विदुर नगरपालिका, नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश समिति प्रवर्धक रहेको महोत्सवमा २५० स्टलहरु रहने जनाएको छ ।


Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top