sujim advert

नुवाकोट र धादिङका आठ उत्कृष्ट करदाता सम्मानित

डबली खबर     मंसिर ७, २०८०

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

best tax payer reward 2080 galchhi nuwakot dhading
bidur tax consultancy services in nuwakot

गल्छी – करदाता सेवा कार्यालय गल्छीले नुवाकोट र धादिङका आठ उत्कृष्ट करदातालाई सम्मान गरेको छ ।

बिहीबार १२औं राष्ट्रिय कर दिवस २०८० का अवसरमा सञ्चालित कर सप्ताह समापन समारोहमा गल्छी गाउँपालिकाका अध्यक्ष केदार खतिवडाले विभिन्न क्षेत्रका उत्कृष्ट करदातालाई सम्मान गरेका हुन्।

“स्वच्छ, पारदर्शी र प्रविधिमैत्री कर प्रशासन, सामाजिक न्याय, आर्थिक समृद्धि र सुशासन” मूल नारा रहेको यस वर्षको कर दिवसको अवसरमा आर्थिक वर्ष ०७९/८० मा उद्योग, व्यापार, शैक्षिक र वित्तीय क्षेत्रका सबैभन्दा बढी आयकर दाखिला गर्ने करदाता संस्थालाई सम्मान गरिएको कार्यालयका प्रमुख शिखा वाग्लेले जानकारी दिईन् ।

सम्मानित हुनेमा नुवाकोटका उद्योगतर्फ हाम्रो अक्सिजन प्रालि, व्यापारतर्फ स्पीड अटो इन्टरप्राइजेज्, शैक्षिकतर्फ अर्किड एकेडेमी र वित्तीयतर्फ दुईपिपल महिला साना किसान कृषि सहकारी संस्था लिमिटेड रहेका छन् । यस्तै, धादिङका उद्योगतर्फ आरआर फर्म प्रालि, व्यापारतर्फ विके इन्टरप्राइजेज्, शैक्षिकतर्फ चिल्ड्रेन पार्क एकेडेमी र वित्तीयतर्फ भैरवी बचत तथा ऋण सहकारी संस्था लिमिटेड सम्मानित भएका छन्।

सो अवसरमा कार्यालयमा कार्यरत कर्मचारी पुरुषोत्तम खतिवडालाई उत्कृष्ट कर्मचारीका रुपमा पुरस्कृत गरिएको छ ।

कर दिवसको अवसरमा कार्यालयले गल्छी गाउँपालिकामा प्रभातफेरी र धुनेबेंसी नगरपालिकामा कर शिक्षा कार्यक्रम गरिएको कार्यालय प्रमुख वाग्लेले जानकरी दिईन् ।

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top