+
Search

ताजा अपडेट +

पपुलर +

भूकम्प प्रभावितलाई बागमती पत्रकार महासङ्घको सहयोग

FNJ Bagamati
डबली खबर
२ साल अगाडी

नुवाकोट – नेपाल पत्रकार महासङ्घ बागमती प्रदेश समितिले जाजरकोट भूकम्प पीडितहरूका लागि ५० हजार सहयोग गर्ने निर्णय भएको छ।

समितिको बैठकले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट प्रभावित भएकाहरूको राहतका लागि नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आव्हानमा प्रदेश समितिले आर्थिक सहयोग गर्ने निर्णय गरेको समितिका अध्यक्ष शिवप्रसाद देवकोटाले जानकारी दिए ।

सरकारले सोमबार भूकम्प प्रभावितहरूको अस्थायी आवास निर्माणका लागि पाँच जिल्लामा डेढ अर्ब रकम निकासा गरेको थियो।

प्रारम्भिक जानकारीअनुसार जाजरकोट र रुकुमपश्चिमका ५६ जना पत्रकारको घर र १० वटा संचारमध्यमका कार्यालय भवनमा क्षति पुगेको छ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ