World Tuberculosis Day 2025
sujim advert

नुवाकोटमा मनाइयो नेपाल सम्वत् ११४४

डबली खबर     कार्तिक २८, २०८०

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

bidur tax consultancy services in nuwakot
health office nuwakot awareness

विदुर – चान्द्रमास अनुसार प्रचलनमा रहेको मौलिक नेपाल संवत्को नयाँ वर्ष ११४४ आज विभिन्न कार्यक्रम गरी देशभर मनाइएको छ ।

नयाँ वर्षको खुसीयालीमा आज नुवाकोटका विभिन्न स्थानमा शुभकामना प्रभातफेरी निकालिएको छ । नेवार समुदायको बाहुल्यता रहेका स्थान नुवाकोट, बट्टार लगायतमा मौलिक भेषभुषासहित सांस्कृतिक झाँकीयुक्त शुभकामना प्रभातफेरी निकालिएको हो । नुवाकोट भैरवी मन्दिर परिसरमा मण्डला बनाएर नेपाल सम्वतलाई स्वागत गरिएको स्थानीय महेन्द्र श्रेष्ठले बताए ।

यस्तै, बट्टारका नेवार समुदायले पुरानो पाटीदेखि कोलनीको पिपलटारसम्म मोटरसाइकल र्‍याली गरिएको छ ।

यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इसं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुआत गराएका थिए । नेपाल संवतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवतको मान्यता पाएको थियो ।

विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवत्ले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए । कार्तिक कृष्ण औँसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात कार्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुआत गर्ने परम्परासमेत काठमाडौँमा अझै छ । आजैदेखि सरकारले सरकारी कागजातमा नेपाल संवत् पनि उल्लेख गर्ने निर्णय गरेको छ । यो निर्णय आजैदेखि कार्यान्वयन भएको जनाइएको छ ।

as fashion store in Trishuli Nuwakot
HPV-Vaccination-Campaign-Against-Cervical-Cancer-2081-ad
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top