+
Search

ताजा अपडेट +

पपुलर +

क्युआर स्क्यान गर्दा ५० हजार जित्ने मौका

khalti mobile wallet fonepay offer win 2080
डबली खबर
२ साल अगाडी

काठमाडौँ – मोबाइल वालेट ‘खल्ती’ ले चाडपर्वलाई मध्यनजर गर्दै आफ्ना प्रयोगकर्ताहरूका लागि स्क्यानमार्फत् हुने भुक्तानमा उपहार दिने भएको छ।

यस अफरअनुसार फोन पे क्युआर स्क्यानको भुक्तानीमा सहभागी हुने प्रयोगकर्ताले रु ५० हजार नगद पुरस्कार खल्ती प्रो प्राप्त गर्न सक्नेछन् । यस्तै खल्ती मर्चेन्टले स्मार्टवाच साथै १०० बोनस प्राप्त गर्ने मौका प्राप्त गर्नेछन् ।

अफरमा सहभागी हुन खल्ती प्रयोगकर्ताले फोन पे क्यु आर स्क्यान गरि भुक्तानी गर्नुपर्नेछ भने खल्ती मर्चेन्टले फोन पे क्युआर स्क्यानमार्फत् भुक्तानी लिएर सहभागी हुनेछन् ।

उपहार स्वरूप खल्ती ग्राहक मध्ये हरेक महिना दुई भाग्यशाली विजेताले रु ५० हजार जित्नेछन् र हरेक हप्ता १५ जना खल्ती प्रोको विजेता बन्न सक्नेछन् ।

त्यसै गरि खल्ती मर्चेन्टबाट भने हरेक हप्ता एक भाग्यशाली विजेताले स्मार्टवाच जित्न सक्नेछन् साथै पहिलो पल्ट भुक्तानी लिंदा रु १०० बोनस पनि प्राप्त गर्ने खल्तीका सीईओ विनय खड्काले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ