sujim bazar advert

एकैपटक हजार भन्दा बढीलाई सन्देश पठाउन एनटीसीको ग्रुप एसएमएस सेवा

डबली खबर     कार्तिक १६, २०८०

Sizen Education Consultancy Pvt. Ltd.

Group SMS nepal telecom
Big Education Consultancy Nuwakot
global ime bank flash loan

नुवाकोट – चाड पर्व होस् या कुनै उत्सवको सन्दर्भमा आफन्त र साथीभाईहरुलाई एकैपटक शुभकामना सन्देश पठाउन सकिन्छ । यस प्रकारको सामूहिक सन्देश पठाउनका लागि नेपाल टेलिकमको सेवा प्रयोग गर्न सकिन्छ । नेपाल टेलिकमले यस प्रकारको सामूहिक सन्देश (ग्रुप एसएमएस) सेवा पहिलेदेखि नै सञ्चालनमा ल्याइरहेको छ ।

सो सेवाअन्तर्गत आफ्नै मोबाइल नम्बर देखिने गरी १० हजारसम्म मोबाइल नम्बरमा सन्देश (एसएमएस) पठाउन सकिन्छ । यस अनुसार २ हजार, ५ हजार र १० हजार वटासम्म मोबाइल नम्बरमा सन्देश पठाउन सकिने सामूहिक सन्देश (ग्रुप एसएमएस) सेवा उपलब्ध छ । प्रति सन्देश ५० पैसामा पठाउन सकिने प्याकमा २ हजार एसएमएस २ दिनभित्र पठाउन जम्मा १००० रुपैयाँ लाग्छ ।

२ हजार ५०० रुपैयाँमा ५ दिन भित्रमा ५ हजार एसएमएस पठाउन सकिने छ । यस्तै, ५ हजार रुपैयाँमा १० दिन भित्रमा १० हजार एसएमएस पठाउन सकिने छ । नेपाल टेलिकमको नेटवर्कभित्र मात्र प्रयोग गर्न सकिने यो सुविधामा लाग्ने दस्तुरमा कुनैपनि कर समावेश छैन ।

यो सेवा प्रयोग गर्नका लागि प्रयोगकर्ताको नाममा रहेको कम्पनीको सिमकार्ड प्रयोग गर्नुपर्नेछ र प्रेषित सन्देशको शब्द तथा भाव लगायतका बारेमा पठाउने व्यक्ति स्वयं पूर्ण जिम्मेवार हुनुपर्ने छ ।

यो सेवा प्रयोग गर्नका लागि groupsms.ntc.net.np मा लगइन गरी प्याकेज खरिद गर्न सकिने छ । ग्राहकले आफ्नो मोबाइलबाट सामूहिक सन्देश पठाउनको लागि आफ्नो कन्ट्याक्टमा भएका नम्बरहरु एक्सेल सिटमार्फत् अपलोड गरी सन्देश पठाउन सकिने व्यवस्था गरिएको छ । एक्सेल सिटमार्फत एकपटकमा १ हजार नम्बरहरुलाई पठाउन सकिने हुँदा १ हजारभन्दा बढीको लागि फेरी यही प्रक्रिया दाेहाेर्याइ आफूले चाहे बमोजिका मोबाइल नम्बरमा सन्देश पठाउन सकिन्छ ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality
9th Nuwakot Mahotsav 2082

ताजा अपडेट

प्रतिक्रिया

Top