sujim advert

प्रथम बेलकोटगढी महोत्सव सुरु

डबली खबर     कार्तिक १५, २०८०

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

bidur tax consultancy services in nuwakot

नुवाकोट – बेलकोटगढी नगरपालिका वडा नं. ५ को केउरीनीमा प्रथम बेलकोटगढी महोत्सव बुधवारदेखि सुरु भएको छ ।

महोत्सवको नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं नुवाकोट क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसीले उद्घाटन गरेका हुन् ।

नगर, व्यापार, पर्यटन, कृषि एवं सांस्कृतिकको महोत्सव कात्तिक १५ गतेदेखि कात्तिक २५ गतेसम्म सञ्चालन हुने जनाएको छ ।

महोत्सवस्थल केउरीनीको त्रिशुली नदी बगरमा ११५ वटा स्टलहरू तथा खेल र मनोरञ्जनका सामाग्रीहरू रहेको महोत्सव व्यवस्थापक नविन केसीले जानकारी दिए ।

महोत्सवमा राष्ट्रिय तथा स्थानीयस्तरमा ख्याती प्राप्त ६० भन्दा बढी कलाकारहरूको सांस्कृतिक प्रस्तुत हुनेछ ।

महोत्सवमा झण्डै एक करोड रुपैयाँको कारोवार हुने अनुमान गरिएको महोत्सव व्यवस्थापक केसीले जानकारी दिए ।

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top