sujim advert

संगम चित्रकलामा अमृता प्रथम

डबली खबर     कार्तिक १४, २०८०

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

sangam drawing competition winners 2023
bidur tax consultancy services in nuwakot

नुवाकोट – जिल्लास्तरीय अन्तर माध्यमिक विद्यालय चित्रकला प्रतियोगितामा भैरवी माध्यमिक विद्यालयकी अमृता विश्वकर्मा प्रथम भएकी छिन् ।

संगम बचत तथा ऋण सहकारी संस्था लिको २७औं वार्षिक साधारणसभाको अवसरमा आयोजित चित्रकला प्रतियोगितामा भैरवीकी अमृताले १६० अकं प्राप्त गरी प्रथम भएकी निर्णायक संयोजक शैलेश शाहीले जानकारी दिए ।

मङ्गलबार भिमसेन माध्यमिक विद्यालय बट्टारमा भएको प्रतियोगितामा पृथ्वी माविका द्वय सारा अर्याल द्वितीय र सोहिल तामाङ तृतीय भएका छन् ।

यस्तै, प्रतियोगितामा जालापदेवी बोर्डिङ स्कुलका सोफिया तामाङ र त्रिभुवन त्रिशूली माविका साजन तामाङले सान्त्वना प्राप्त गरेका छन् ।

विजेतालाई आगामी शनिबार कार्तिक १८ गते कोलिनिमा हुने सहकारीको साधारणसभा नगद पुरस्कारसहित प्रमाणपत्र वितरण गरिने सहकारीका अध्यक्ष नारायण श्रेष्ठले जानकारी दिए । विद्यार्थीभित्र लुकेर बसेका बहुप्रतिभालाई प्रस्फुटन गर्ने माध्यमको रुपमा चित्रकला प्रतियोगिताले टेवा पुर्याउने सहकारीका अध्यक्ष श्रेष्ठले बताए ।

प्रतियोगितामा १३ विद्यालयका २६ छात्रछात्राहरुको सहभागिता रहेको सहकारीका व्यवस्थापक अजयकुमार थापाले जानकारी दिए ।

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top