sujim bazar advert

नेवारी र तामाङ भाषा विधेयक स्वागत योग्य

डबली खबर     कार्तिक १२, २०८०

Sizen Education Consultancy Pvt. Ltd.

newari language battar bidur trishuli nuwakot
Big Education Consultancy Nuwakot
global ime bank flash loan

विदुर – बागमती प्रदेशकाे संसदले नेवारी (नेपाल भाषा) र तामाङ भाषालाई सरकारी कामकाजि भाषाकाे रूपमा प्रयोग गर्नका लागि विधेयक सर्वसम्मत पारित गरेकाे कार्यलाई स्वागतयोग्य गर्दै नुवाकोटको बट्टारमा दीप प्रज्वलन गरेको छ ।

नेवाः देय् दबू नुवाकोट जिल्ला समिति र नेवाः देय् दबु विदुर नगर समितिकाे संयुक्त आयाेजनामा शनिबार बट्टारको पुरानो पाटीमा दीप प्रज्वलन गरेको नेवाः देय् दबू जिल्ला अध्यक्ष रामप्रसाद जोशीले जानकारी दिए ।

कार्यक्रममा नेवाः देय् दबू स्वनिगः विशेष प्रदेशका अध्यक्ष श्रीकृष्ण महर्जनले बागमती प्रदेश संसदबाट सर्वसम्मतले पारित गरेकाे विधेयकमा नेवाः भाषालाई प्रदेशकाे कामकाजि भाषाकाे रुपमा लागू गराउन निरन्तर खबरदारीकाे आवश्यकता रहेकाे बताए । श्रेष्ठले स्थानीय सरकारलाई पनि स्थानीय भाषा ऐन बनाउनका लागि भूमिका खेल्नु पर्ने बताए । त्यसैगरी भाषा विधेयक पारित गरेकाे दिन असोज २२ गतेलाई नेपालभाषा उत्सव दिवस मनाउनु पर्ने धारणा व्यक्त गरेका थिए ।

प्रदेश सरकारले सो दुइ भाषालाइ सरकारी कामकाज बनााउनका लागि ‘प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ प्रस्तुत गरेको थियो । अब बागमती प्रदेशको सरकारी कामकाजको लागि नेपालीसहित नेपाल भाषा र तामाङ भाषाले पनि मान्यता पाएका हुन् ।

bidur tax consultancy services in nuwakot

maan bina ko dhaan Nepali Movie

ताजा अपडेट

प्रतिक्रिया

Top