sujim bazar advert

अपी हिमालको पर्यटन प्रवर्द्धनमा निर्मित ‘आए म त’ सार्वजनिक

डबली खबर     कार्तिक ४, २०८०

Sizen Education Consultancy Pvt. Ltd.

aaye ma ta raju bhatta music nepal
Big Education Consultancy Nuwakot
global ime bank flash loan

अपी हिमालको पर्यटन प्रवर्द्धनमा निर्मित ‘आए म त’ बोलको गीत म्युजिक भिडिओ सार्वजनिक भएको छ । दार्चुला जिल्लामा पर्ने सुदूरपश्चिमको सबैभन्दा अग्लो हिमशृङ्खला अपी हिमालमा पहिलोपटक छायाङ्कन गरिएको हो ।

करिब ७,१३२ मिटर उचाई रहेको अपी हिमालको बेस क्याम्पमा पुगेर भिडिओलाई कलाकार एबम निर्देशक राजु भट्टले तयार गरेका हुन् ।

स्थानीय पश्चिमी भाका रहेको गीतमा राजु भट्ट र ममता गुरुङको स्वर रहेको छ । म्युजिक नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक भएकोमा कलाकार भट्टको आफ्नै शब्द, संगीत र मानश्वी मालाकारको संगीत संयोजन रहेको छ ।

भिडिओमा काठमाण्डौको वसन्तपुरदेखि दार्चुलाको अपी हिमालसम्मको मनमोहक दृश्यहरु देख्न सकिनेछ ।

धनगढीकी स्थानिय कलाकार बोन्दिता धामी र दार्चुला अपीका स्थानियको साथमा राजु भट्टको अभिनय रहेको भिडिओले नेपालको प्राकृतिक सौन्दर्यता र गाउको जनजीवनलाई एउटा दरिलो श्रव्यदृश्यमार्फत प्रस्तुत गरेको छ ।

सिनेमाटोग्राफरद्वय केशव पाण्डे र निर्देशक भट्टको एउटा अथक मेहनतबाट तयार भिडिओ हेर्दा दार्चुलाको अपी क्षेत्रलगायत समग्र नेपालको पर्यटनको छेत्रको लागि एउटा कोसे ढुंगाको काम गर्ने देखिन्छ ।


Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top