sujim bazar advert

दशैंमा इन्टरनेट सेवाप्रदायकको योजना योजनै

डबली खबर     अशोज ३०, २०८०

Sizen Education Consultancy Pvt. Ltd.

nepal telecom worldlink subishu dishhome fibernet
Big Education Consultancy Nuwakot
global ime bank flash loan

काठमाडौं – नेपाली हिन्दु धर्मालम्बीहरुको मुख्य चाड दशैंको रौनक सुरु भईसकेको छ । सोहीअनुसार यसपल्टको दशैंमा पनि विभिन्न इन्टरनेट सेवाप्रदायकहरुले दशैंलक्षित अफरहरु सार्वजनिक गरेका छन् ।

वर्ल्डलिंकको फेस्टिभ अफर

दशैंलक्षित अफर सार्वजनिक गर्ने होडबाजीकै बीच ग्राहकका हिसावले सबैभन्दा ठुलो मानिने इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंकले ‘फेस्टिभ अफर’ सार्वजनिक गरेको छ । कम्पनीले यो अफर अन्तर्गत प्रति ३ महिनाको ३ हजार ३ सय रुपैयाँमै २ सय एमबीपीएस इन्टरनेट प्याकेज उपलब्ध गराउने जानकारी दिएको छ । यस्तै यस्तो प्याकेजको खरिदमा ग्राहकले सामसुंगका घरायसी उपकरणहरुको खरिदमा १५ हजार ५ सय रुपैयाँसम्म छुट पाईने सुविधा हुनेसमेत बताएको छ । यस्तो छुट भने ३ महिने र १२ महिने प्याकेज लिनेलाई उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।

नेपाल टेलिकमको दशैं तिहार अफर

यता नेपाल टेलिकमले भने आफ्नो डाटा प्रयोगकर्ताका लागि भन्दै दशैं तिहार अफर सार्वजनिक गरेको छ । कम्पनीले दशैंलाई नै लक्षित गरी ६ हजार रुपैयाँ माथिका प्याकेज सार्वजनिक गरेको छ । यसमा ग्राहकले पहिलेकै मूल्यमा नयाँ स्पिडको इन्टरनेट पाउनेछन् । जस्तै हाल १०, २०, ३०, ४० र ८० एमबीपीएसको इन्टरनेट प्याकेजहरु सोही मूल्यमै अब क्रमशः २५, ५०, ५०, १०० र १५० एमबीपीएस पाउनेछन् ।

डिसहोममा कनेक्सनको दोब्बर उत्सव

यता डिसहोम फाईबर नेटले पनि दशैँलक्षित कनेक्सनको दोब्बर उत्सव नामक अफर सार्वज्निक गरेको छ । यो अफर अन्तर्गत कम्पनीले पुरानै मूल्यमा नयाँ गतिको इन्टरनेट उपलब्ध गराउने बताएको छ । जसअनुसार हालसम्म कम गतिको इन्टरनेट चलाईरहेका ग्राहकले अब त्यसको दोब्बर गतिको इन्टरनेट पाउने कम्पनीले जानकारी दिएको छ ।

सुबिसु मंगलमय अफर

सुविसु केबल नेटले दशैलक्षित भदै सुविसु मंगलमय अफर सार्वजनिक गरेको छ । कम्पनीले डिसकाउन्ट पनि क्यासब्याक पनि नारासहित उक्त अफर सार्वजनिक गरेको हो । यो अफरअन्तर्गत अब ग्राहकले १२ हजार ९ सय ९९ रुपैयाँमै २ सय एमबीपीएस गतिको इन्टरनेट सेवा जडान गर्न सक्नेछन् । यस्तै १६ हजार ९ सय ९९ रुपैयाँमा ३ सय एमबीपीएस इन्टरनेट पाईने कम्पनीले जानकारी दिएको छ । यदि यो अवधिमा इन्टरनेट शुल्क सेलपेमार्फत भुक्तानी गरेमा भने ५ सय रुपैयाँसम्म छुट पाईनेसमेत कम्पनीले जानकारी दिएको छ ।

bidur tax consultancy services in nuwakot

maan bina ko dhaan Nepali Movie

ताजा अपडेट

प्रतिक्रिया

Top