+
Search

ताजा अपडेट +

पपुलर +

दशैंमा ग्लोबल आइएमई बैंकका ग्राहकलाई डिजिटल छुट

Design global ime bank smart plus qr scan and pay dashain cash back
डबली खबर
२ साल अगाडी

काठमाडौँ – ग्लोबल आइएमई बैंकले दशैंको अवसरमा “ग्लोबल आइएमई बैंकको साथमा दशैं रमाईलो” भन्ने नारासहित विभिन्न डिजिटल कारोबारहरुमा छुट तथा क्यासब्याक योजनाहरु ल्याएको छ ।

बैंकको डेबिट तथा क्रेडिट कार्ड बाहकहरुले आफुलाई आवश्यक सरसामानहरु खरिद गर्दा बैंकको कार्ड प्रयोग गरी पिओस मेसिनबाट भुक्तानी गर्दा ३०० रुपैयाँ देखी ५०० रुपैयाँसम्मको नगद फिर्ता हुनेछ । यस नगद फिर्ता योजनामार्फत बैंकको डेबिट तथा क्रेडिट कार्डबाहेक ग्राहकहरुले योजना अवधिभर कम्तीमा एक हजार रुपैयाँको ३ वटा कारोबार गर्नुभएमा ३०० रुपैयाँ तथा ५ वा सोभन्दा बढि पटक कार्डको प्रयोग गरी भुक्तानी गर्नुभएमा ५०० रुपैयाँको नगद फिर्ताबाट हुनेछ ।

यो योजना असोज २८ गते अर्थात घटस्थापनाको दिन देखि कात्तिक ७ गते अर्थात वडा दशैं (दशमी) को दिन सम्म लागू हुनेछ ।

साथै, बैंकले आफ्नो मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरुलाई लक्षित गरी छुट योजना पनि सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत बैंकका मोबाईल बैंकिङ्ग प्रयोगकर्ता महानुभावहरुले आफुलाई आवश्यक सरसमानहरु खरिद गर्दा क्यूआर कोड स्क्यान मार्फत भुक्तानी गर्दा दशैं प्रोमो कोड प्रयोग गरी आफ्नो खरिद मूल्यमा तुरुन्तै १० प्रतिशत वा अधिकतम ३०० रुपैयाँसम्मको नगद छुट पाउनुहुनेछ ।

यो योजना असोज २८ गते अर्थात् घटस्थापनादेखि कार्तिक ७ गते अर्थात् बडा दशैंको दिनसम्म साँझ ५ बजेदेखि बेलुका ८ बजेसम्म लागू हुनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ