+
Search

ताजा अपडेट +

पपुलर +

त्रिभुवन त्रिशूली दर्पण स्मारिका विमोचन

tribhuvan trishuli darpan published through finance minister of bagamati province bahadur singh lama
डबली खबर
२ साल अगाडी

त्रिशूली – नुवाकोटको त्रिभुवन त्रिशूली माध्यामिक विद्यालयको स्मारिका विमोचन गरिएको छ । विद्यालयको इतिहास र वर्तमान सामग्री समेटिएको शैक्षिक स्मारिका आज एक औपचारिक कार्यक्रममा बागमती प्रदेश सरकारका आर्थिक माामिला तथा योजना मन्त्री मन्त्रीले विमोचन गरेका हुन् ।

लेख रचनाहरुका संगालोस्वरुप विद्यालयको ऐतिहासिक लेख समेटिएको शैक्षिक स्मारिका प्रकाशन गरिएको विद्यालयका प्रधानाध्यापक महेन्द्र राउतले बताए ।

सहप्रधानाध्यापक राजेन्द्र दवाडीले सम्पादन गरेको स्मारिकामा शिक्षक, पूर्वविद्यार्थी, विद्यार्थीलगायतका ४८ जनाका लेख रचना समेटिएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नविन्द्रमान प्रधानको अध्यक्षतामा भएको स्मारिका विमोचन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरी, विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ, उपप्रमुख प्रभा बोगटी, निवर्तमान प्रमुख सञ्जु पण्डितलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा मन्त्री लामाले सामुदायिक विद्यालयमा उचित सुविधा र दक्ष शिक्षक हुँदा पनि अभिभावकको नजरमा कमि भएको बताए ।

नगरप्रमुख श्रेष्ठ स्मारिकाले विद्यालयको शैक्षिक इतिहासलाई जीवन्त राख्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा विद्यार्थीहरुले सांस्कृतिक कला प्रस्तुत गरे ।

साथै, विभिन्न विधामा आयोजना गरिएको प्रतियोगिताका विजयी र शैक्षिक सत्रमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको छ ।

विदुर नगरपालिका वडा नं. १ त्रिशूलीमा रहेको त्रिशूली पाठशाला वि.सं. २००७ साल चैत्र ९ गते स्वर्गीय राजा त्रिभुवनको नामबाट त्रिभुवन त्रिशूली स्कुल स्वर्गीय चक्रमान शाक्यको सक्रियतामा स्थापना भएको थियो ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ