२०८०, २४ मंसिर आईतवार
social securities awareness bidur municipality

धानमा फड्के किराको प्रकोप

डबली खबर     आश्विन २१ २०८० ०५:२२

Phadke in paddy Tupche bidur municipality
pratik book and stationery center in nuwakot

नुवाकोट । बियाँ लाग्ने बेला भएको अवस्थामा नुवाकोटको अधिकांशस्थानमा धानबालीमा रोगको प्रकोप बढेको छ । गत असार र साउनमा रोपिएको धानमा फड्के किराले आक्रमण गरेपछि नुवाकोटमा हजारौ किसानले लगाएको धान नष्ट भएको छ ।

विदुर र बेलकोटगढी नगरपालिका, लिखु र सुर्यगढी गाउँपालिकामा लगाइएको धानबालीमा फड्के किराको संक्रमण रहेको जिल्ला कृषि ज्ञान केन्द्र नुवाकोटले जनाएको छ ।

दुई सातादेखि नुवाकोटका एक जार पाँच सय रोपनी क्षेत्रफलमा लगाइएको धान खेतीमा फड्के किराले आक्रमण गरेको छ । सो किराले आक्रमण गरेपछि बियाँ लाग्दै गरेको धानको बोट मरेको कार्यालयकी अधिकृत रुक्मिणी अधिकारीको भनाइ छ । उनका अनुसार धानमा फड्के किराले आक्रमण गरेपछि विषादि छर्कने अभियान सुरु गरिएको छ ।

कृषि ज्ञान केन्द्र नुवाकोटले विदुर र लिखुमा तीन सय प्याकेट विषादी किसानलाई वितरण गरेको छ । लाखौ रुपैयाँ बराबरको धानबाली किराले नष्ट गरेपछि किसानहरू निकै चिन्तित भएका छन् । किसानहरूलाई तीनै तहको सरकारले क्षतिपूर्ति र राहत दिनुपर्ने विदुर–५ का किसान कृष्णप्रसाद पुडासैनीले बताए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top