sujim advert

जनशक्ति पलायन र समाधानका उपायहरुमा विमर्श

डबली खबर     २ वर्ष अगाडि

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

cpnuml Nepal Intellectual Council program in nuwakot
bidur tax consultancy services in nuwakot

विदुर – नेपाल बुद्धिजीवी परिषद नुवाकोटले जनशक्ति पलायन र समाधानका उपाय विषयमा विचार गोष्ठी सम्पन्न गरेको छ ।

शनिबार बट्टारमा आयोजित कार्यक्रममा परिषद्का अध्यक्ष रामहरि रिमालको अध्यक्षता र नेकपा एमालेका पूर्व पोलिटब्युरो सदस्य तथा पूर्व परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो ।

पोलिटब्युरो सदस्य पाण्डेले जनशक्ति पलायन समस्याहरुका बारेमा बुद्धिजीवीहरुले तथ्यगत तथा अनुसन्धानात्मक उपायहरु सुझाउनु पर्ने धारणा व्यक्त गरे । यस्ता समस्यालाई रोक्ने प्रमुख जिम्मेवारी सरकारको नै हुने र यस विषयमा सरकार उदासिन हुनाको परिणामले नै पलायनको क्रम रोकिन नसकेको जिकिर गरे ।

नेकपा एमाले नुवाकोट जिल्लाका जिल्ला पार्टी अध्यक्ष बद्री मैनालीले जनशक्ति पलायनको समस्यालाई राजनीतिक तहबाट नै समाधान निकाल्नु पर्ने धारणा व्यक्त गरे।

एमालेकी केन्द्रीय सदस्य विन्दा ढुङ्गानाले अवसरको सदुपयोग गर्न सकेमा देशमै प्रशस्त अवसरहरु रहेको र जनशक्ति पलायन हुनु नपर्ने धारणा व्यक्त गरिन् ।

कार्यक्रममा नेपाल बुद्धिजीवी परिषदका केन्द्रीय सचिव डा. दिपेन्द्र श्रेष्ठले जनशक्ति पलायनसम्बन्धि कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यपत्रमाथि नुवाकोट आदर्श बहुमुखी क्याम्पसका सहप्राध्यापक ठाकुरप्रसाद पुडासैनी र प्रजातान्त्रिक विचार समाज नुवाकोटका अध्यक्ष होमनाथ नेपालले कार्यपत्र टिप्पणी गर्दै सरकारले देशमा अवसर प्रदान नगरेका कारण नै जनशक्ति पलायन हुनुपरेको तथ्यमाथि जोड दिए ।

दैनिक १२०० भन्दा बढी श्रमशक्ति र ५०० भन्दा बढी उच्च शिक्षा अध्ययनको क्रममा दक्ष जनशक्ति पलायन भइरहेको वर्तमान अवस्थाले देशमा आउन सक्ने संकटका बारेमा चिन्ता जाहेर गर्दै उक्त कार्यक्रम गरिएको परिषद्का अध्यक्ष रिमालले जानकारी दिए ।

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top