+
Search

ताजा अपडेट +

पपुलर +

सडक बत्तीको महसुल भुक्तानी गर्न प्राधिकरणको ताकेता

nea nuwakot
डबली खबर
२ साल अगाडी

काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणले सडक बत्तीको विद्युत् महशुल भुक्तानी गर्न स्थानीय निकायहरुलाई ताकेता गरेको छ।

प्राधिकरणले आइतबार सूचना जारी गर्दै सडक बत्तीको महशुल ४५ दिन भित्रमा भुक्तानी गर्न स्थानीय तहहरुलाई ताकेता गरेको हो।

सडक बत्ती प्रयोग गरेबापत् गएको असार मसान्तसम्मको महशुल ४५ दिनभित्रमा नबुझाए प्राधिकरणको नियम बमोजिम कारबही गर्ने चेतावनीसमेत प्राधिकरणले दिएको छ।

त्यसैगरी स्थानीय तहहरुलाई मिटर नराखी आफूखुसी जथाभावी सडक बत्ती जडान नगर्न पनि प्राधिकरणले भनेको छ ।

मिटर जडान नगरी बत्ती बालिएको भए ४५ दिनभित्रमा नियमअनुसार मिटर जडान गर्न पनि प्राधिकरणले अनुरोध समेत गरेको छ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ