+
Search

ताजा अपडेट +

पपुलर +

“स्थानीय सरकार अपेक्षा र अवस्था” विमोचित

kabita dhungana book local level published prachanda
डबली खबर
२ साल अगाडी

नुवाकोट – बेलकोटगढी नगरपालिकाका संस्थापक उपप्रमुख कविता ढुंगानाको ‘स्थानीय सरकार: अपेक्षा र अवस्था’ शनिबार काठमाडौंमा विमोचन भएको छ।

स्थानीय सरकारका समस्या तथा काम गर्दाका भोगाइहरूलाई समेटेर नेपाल नगरपालिका संघकी पूर्व सदस्य ढुंगानाले पुस्तकको रूप दिएकी हुन्।

पुस्तक बिमोचन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कविताको पुस्तकले जनप्रतिनिधिहरूको अवस्था र संविधानको कार्यान्वयनको बारेमा विस्तृतमा व्याख्या गरेको बताए ।

पुस्तक विमोचनमा नेपाली काँग्रेसका नेता अर्जुन नरसिंह केसी, नेकपा एमालेका स्थानीय तह विभाग प्रमुख देवेन्द्र दाहाल, विज्ञ बालानन्द पौडेललगायतले स्थानीय सरकारका अपेक्षा र अवस्थाबारे पुस्तकले विस्तृतमा जानकारी दिने बताए ।

पुस्तकमा स्थानीय सरकारबाट जनताले धेरै अपेक्षा गरेको तर संविधान प्रदत्त अधिकारहरूको समेत राम्रोसँग प्रयोग गर्न नसकिएका विषयलाई विस्तृतमा व्याख्या गरिएको छ । पुस्तक स्थानीय सरकारका प्रतिनिधिहरूका साथै नीति निर्माताहरूका लागि पनि मार्गदर्शक बन्ने वक्ताहरूले बताए । गाउँ गाउँमा पुगेका भनिएका सिंहदरबारको सिङ चाहिँ भाँच्चिएको टिप्पणी उनीहरूको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ