+
Search

ताजा अपडेट +

पपुलर +

“सञ्चारकर्मीले सहीलाई सही र गलतलाई गलत नै भन्नुपर्ने”: सभामुख देवराज घिमिरे

Speaker of the House of Representatives Devraj Ghimire
डबली खबर
२ साल अगाडी

काठमाण्डौं – प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राज्यका निकायबाट हुन सक्ने अवैधानिक निर्णयको वातावरण आउनै नदिनका लागि भूमिका खेल्न पत्रकारहरूलाई आह्वान गर्दै सञ्चारकर्मीले सहीलाई सही र गलतलाई गलत नै भन्नुपर्नेमा जोड दिएका छन् । 

नुवाकोट–काठमाडौं पत्रकार समाजका आयोजनामा दशैं, तिहार तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले उक्त भनाइ राखेका हुन् ।

पत्रकारले दूरदराजका जनतालाई पनि चेतनशील बनाउनुपर्ने  र  चाडबाड राम्रोसँग मनाउन विपन्न जनतालाई परेको कठिनाइ उजागर गर्नुपर्ने सभामुख घिमिरेले बताए ।

सभामुख घिमिरेले भने, “तिनले आफ्ना कलमबाट जनप्रतिनिधिलाई पनि सजग गराउनुपर्छ, राष्ट्रको आवश्यकता, गन्तव्य र संविधानको उद्देश्य के हो भन्नेबारे सुसूचित गर्न भूमिका निर्वाह गर्नुपर्छ । ”

सभामुख घिमिरेले आमसञ्चारलाई प्रभावकारी बनाउनका लागि त्यस क्षेत्रमा योजना र बजेट दिन सरकारलाई सुझाव दिए । साथै सभामुख घिमिरेले नुवाकोट सुन्दर र राजधानी नजिक भइकन पनि सुविधा नपाएर पिछडिएको जनाउँदै नुवाकोट र रसुवाका गोसाइँकुण्ड जस्ता ऐतिहासिक, धार्मिक, सांस्कृतिक पर्यटकीयस्थलको प्रचारप्रसार गरी जिल्लालाई भौतिक, आर्थिक, सामाजिक, सांस्कृतिक रूपले वैभवशाली, आकर्षक एवं सद्भावपूर्ण बनाउन जिल्लाका पत्रकारहरूलाई आग्रह गरे। 

शनिबार बालाजु माछापोखरीमा नुवाकोट जन्मघर भइ काठमाडौंको विभिन्न सञ्चारगृहमा आबद्ध रहेका पत्रकारहरुको साझा संस्थाको रुपमा रहेको समाज आयोजना गरेको कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरु, राष्ट्रसेवक कर्मचारी, व्यवसायीहरु, विभिन्न बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिहरु साहित्यकारहरु लगायत विविध क्षेत्रका व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ