sujim bazar dashain tihar bumper offer

श्रीराम श्रेष्ठको कृति ‘वाङ्मयका बाह्र स्रष्टा’ सार्वजनिक

डबली खबर     अशोज १५, २०८०

sizen education study in Japan
ananda Jewellery shop

bidur tax consultancy services in nuwakot
Bidur municipality dengue awareness 2081

नुवाकोट । साहित्यकार श्रीराम श्रेष्ठद्वारा लिखित लेख संग्रह ‘वाङ्मयका बाह्र स्रष्टा’ नामक कृति सार्वजनिक भएको छ ।

आकृति प्रकृति प्रकाशनद्वारा प्रकाशित कृतिमा श्रेष्ठले विभिन्न बाह्र स्रष्टाहरुका बारेमा लेखेका आलेखहरुलाई सङ्कलन गरिएको छ ।

‘वाङ्मयाका बाह्र स्रष्टा’ श्रेष्ठको २५ औं प्रकाशित कृति हो । कृतिमा वाङमयका पुराना साहित्यकारहरु भानुभक्त आचार्य, मोतीराम भट्ट, नरेन्द्रनाथ रिमाल, लेखनाथ पौडेल, बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा, भीमनिधि तिवारी, सिद्धिचरण श्रेष्ठ, विश्वेश्वरप्रसाद कोइराला, गोपालप्रसाद रिमाल, गोविन्द गोठालो, विजय मल्ल लगायत बाह्र स्रष्टाहरुको जीवनी र साहित्य सिर्जनाका विषयमा लेखिएका आलेखहरु समेटिएका छन् ।

नुवाकोटको विदुरमा वि.सं २०३१ सालमा जन्मिएका श्रेष्ठको हालसम्म जीवनी संग्रह, कविता, समीक्षा, अनुसन्धानात्मक पुस्तकका साथै जापानिज साहित्यका हाइकु, हाइबुन, सोमोन्का, तान्का, सिजो, कटौता, सेदोका, डोडोइट्सु, मन्डो जस्ता विधाका अधिक पुस्तकहरु प्रकाशित छन् ।

shivam cement 2081 dashain
bagamati gabion box in Nuwakot

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top