२०८१, १६ बैशाख आईतवार

ग्लोबल सहकारीको निक्षेप संकलन १९ करोड ३ लाख ४५ हजार

डबली खबर     आश्विन १४ २०८० १६:४८

global consumer cooperative limited bod members
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – ग्लोबल उपभोक्ता सहकारी संस्था लिमिटेडले गत आर्थिकवर्ष २०७९/८० मा १९ करोड ३ लाख ४५ हजार निक्षेप संकलन गर्न सफल भएको छ ।

असोज १३ गते शनिबार भएको सहकारीको १२औं वार्षिक साधारणसभामा प्रस्तुत प्रतिवेदनमा सहकारीले १९ करोड ३ लाख ४५ हजार ११८ रुपैंया संकलन गरेको छ ।

सभामा सहकारीका अध्यक्ष सुरेन्द्र श्रेष्ठले वार्षिक प्रगति प्रतिवेदन र भावी कार्यक्रम प्रस्तुत गरेका थिए । शेयरसदस्यलाई विना धितो ७ लाख ५० हजार लगानी गरेको प्रतिवेदन छ ।

सहकारीको बैंक मौज्दात ४ करोड ६० लाख ५० हजार २१६, कर्जा लगानी १७ करोड २७ लाख ६० हजार २५३ र स्थिर सम्पत्ति १२ लाख ४२ हजार ९१३ रुपैंयाँ रहेको छ ।

कोषाध्यक्ष देवनारायण चित्रकार र लेखा संयोजक सरोज डंगोलले आआफ्नो प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिवेदनअनुसार सहकारीले गत आवमा कर्मचारी तलबमा २२ लाख खर्चेको छ भने बैंकको व्याजबाट ३२ लाख आम्दानी गरेको छ । यस्तै, सहकारीले २० लाख रुपैंयाँ दैनिक भत्ता बाँडेको छ ।

विदुर नगरपालिका-४ बट्टारमा सञ्चालन रहेको सहकारीमा महिला ७४६ र पुरुष १ हजार ३७५ गरी कुल २ हजार १४६ सेयर सदस्यहरु पुगेका छन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top