२०८०, २० मंसिर बुधबार
social securities awareness bidur municipality

खैँचडी भजनमा ॐ कारेश्वर भजन समूह प्रथम

डबली खबर     आश्विन १३ २०८० १९:१९

om kareshwar bhajan group khainchadi bhajan nuwakot
pratik book and stationery center in nuwakot

विदुर – सामुदायिक रेडियो नुवाकोट एफएमको १५औं वार्षिक साधारणसभाको अवसरमा आयोजित खुला खैँजडी भजन प्रतियोगितामा ॐ कारेश्वर भजन समूह प्रथम भएको छ ।

शनिबार विदुरको इलम प्रशिक्षण केन्द्रमा भएको खैँजडीको जगेर्ना गर्ने उद्देश्यका आयोजित भजन प्रतियोगितामा बेलकोटगढी नगरपालिकाको भजन समूह प्रथम भएको हो ।

प्रतियोगितामा भैरमकोट भजन समूह द्वितीय र कालिका भजन समूह तृतीय भएको छ ।

विजेताहरु प्रथम, द्वितीय र तृतीयले क्रमशः रुपैंयाँ २० हजार, १५ हजार र १० हजार नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गरेको एफएमका स्टेशन प्रबन्धक श्रीराम अधिकारीले जानकारी दिए ।

विजेताहरुलाई राष्ट्रिय स्वतन्त्र पार्टीका नेता सुमन पाण्डे, नुवाकोट एफएमका अध्यक्ष शिवप्रसाद न्यौपाने, शिवपुरी गाउँपालिकाका उपाध्यक्ष वीरबहादुर तामाङ, म्यागङ गाउँपालिकाका उपाध्यक्ष सीता तामाङले संयुक्तरुपमा पुरस्कार वितरण गरेका छन् ।

कार्यक्रममा वक्ताहरुले ब्रह्माण्ड, क्षेत्री, नेवार, तामाङ, गुरुङ, मगरलगायत सम्पूर्ण समुदायका कला, संस्कृतिको जगेर्नामा जोड दिनुको साथै संस्कृति प्रवर्द्धनमा मिलेर लाग्नुपर्ने बताएका छन् भने एक जातीय समुदायले अर्को जातीय समुदायको आँच पुर्याउने कार्य गर्न नहुनेमा जोड दिएका छन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top