२०८१, १६ बैशाख आईतवार

त्रिशूलीमा नेवार समुदायले समयबजी पर्व मनाए

डबली खबर     आश्विन १३ २०८० ०६:२४

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – नेवारी समुदायले मनाउने पर्व समयबजी (सम्यबजी) पर्व शुक्रबार त्रिशूलीमा मनाइएको छ । विदुर नगरपालिका–१ त्रिशूली बजारस्थित गणेश मन्दिर परिसरमा समयबजी पर्व मनाइएको हो ।

नेवारी समुदायको मौलिक पर्व समयबजीको अवसरमा अष्टमात्रीका भजन कृतन गरी प्रसादको रुपमा समयबजी वितरण गरिएको थियोे ।

ईन्द्रजात्राको भोलिपल्ट समयबजी मागी खाने चलन रहेको छ । त्यसै, अनुरूप उपत्यका बाहिरका नेवार समुदायले आफ्नो रीति, संस्कृति जोगाई राख्न त्रिशूलिमा पनि समयबजी पर्व मनाउनेलाई निरन्तरता दिएको त्रिशूली बजार संस्कृति संरक्षण समितिका संयोजक आनन्दराज शाक्यले बताए ।

‘ला छकु वयक समय बजी वल वल पुलुकिसी’ भन्दै अर्थात ‘मासु एक टुक्रा आउने गरी च्युरा दिनुस्’ भनी मागी खाने पर्वलाई समयबजी पर्व भनिएको स्थानीय नारायण श्रेष्ठले जानकारी दिए ।

प्रत्येक घरबाट समयबजीको लागि आवश्यक सामाग्री ल्याईन्छ । बजारको शिर र मध्यभागमा रहेको सबैभन्दा पुरानो गणेश मन्दिरको सम्मुखमा समयबजीको सामाग्रीलाई कलात्मक रुपमा स्तुप शैलीमा सजाएर राखिन्छ ।

जाडो मौसमको सुरुवातका रुपमा मनाइने समयबजीमा धीमे बाजा र लाखे नाचसहित पर्व मनाएको छ ।

नेवारी खानामा निकै लोकप्रिय समयबजीमा ८४ प्रकारका परिकारहरु हुन्छन् ।

समयबजी खानाले शरीमा तापक्रम बढाई ऊर्जा दिइने जनाइएको छ । यसले आउँदो वर्ष लाई ऊर्जा दिने विश्वास गरिन्छ ।

विगतका कटुता बिर्सिएर मेलमिलाप बढाउने हुने मान्यता रहेको यो पूजा एक हजार वर्षदेखि चल्दै आएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top