sujim bazar advert

कैलाश हेलिकप्टर पब्लिक कम्पनीमा रूपान्तरण हुदै

डबली खबर     अशोज ९, २०८०

Sizen Education Consultancy Pvt. Ltd.

kailash heli gosaikunda heli tour
Big Education Consultancy Nuwakot
global ime bank flash loan

काठमाडौं – कैलाश हेलीकप्टर सर्भिसेस पब्लिक कम्पनीमा रूपान्तर भएकाे छ । यसअघि प्रालिबाट सञ्चालन हुँदै आएकाे कैलाश हेलिकप्टरले सर्वसाधारण जनतालाई सेयर जारी गर्ने उद्देश्य अनुरूप कम्पनीलाई पब्लिकमा लगिएको कम्पनीले जानकारी दिएकाे छ ।

आजभन्दा ७ वर्षअघि दर्ता भएर ५ वर्षअघि संचालमा आएकाे कैलाशले ३ वटा एअरबसबाट आफ्नाे सेवा प्रदान सुचारू गरेकाे थियाे । हाल साे कम्पनीले सर्वसाधारण लगानीकर्तालाई समेत आवद्व गर्नेगरी आईपीओ जारी गर्नफ २०८० असारबाट पब्लक कम्पनीमा रूपान्तरण भएकाे हाे ।

कम्पनी ऐन, २०६३ को दफा ६३ बमोजिम कारोबार गर्न प्राप्त स्वीकृति तथा नेपाल नागरिक उड्डयन प्राधिकरणको मिति २०६०/०६/०८ बाट एओसी संसोधित भई कैलाश हेलीकप्टर सर्भिसेस् लि. पब्लिक कम्पनी लि. को नामबाट सेवा आरम्भ गरेकाे हाे ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले हाल संचालित हेलिकप्टरहरु ५ बर्षमा ५ थान पुर्याउनु पर्ने हालै लिएको नीतिलाई अनुसरण गरी पुँजी बृद्धि गरी सन २०२४मा एक थान र सन २०२६मा एक थान हेलिकप्टर थप गरी सन २०२६ सम्म ५ वटा हेलिकप्टर पुर्याउने लक्ष्य लिएकाे छ ।

साथै पब्लिक कम्पनीमा परिवर्तन पश्चात यस कम्पनीले अझ उत्कृष्ट तथा परिष्कृत सेवा प्रदान गर्ने तथा नेपाल नागरिक उड्डयन प्राधिकरणबाट प्राप्त सुरक्षा नीति पूर्ण पालना गरी ग्राहकबर्गको सुरक्षामा बढी ध्यान केन्द्रित गर्ने प्रतिबद्धता कम्पनीको रहेकाे छ ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality
9th Nuwakot Mahotsav 2082

ताजा अपडेट

प्रतिक्रिया

Top