२०८१, २१ बैशाख शुक्रबार

प्रदेश युवा परिषद्ले खुला कविता प्रतियोगिता गर्दै

डबली खबर     आश्विन ८ २०८० २१:१७

Bagamati province poem competition nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – बागमती प्रदेश युवा परिषद्ले कविता प्रतियोगिताका लागि कविता आह्वान गरेको छ । साहित्य संगम मकवानपुरको सहकार्यमा आयोजना गरिएको प्रतियोगितामा प्रदेशका नागरिकले सहभागिता जनाउन सक्नेछन् ।

प्रतियोगिताका लागि एक सय पचास शब्दसम्मको कविता पठाउन परिषद्ले अनुरोध गरेको छ ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना प्राप्त गर्ने कवितालाई क्रमशः ४० हजार, ३० हजार, २० हजार र १० हजार नगद पुरस्कारसहित सम्मान-पत्र प्रदान गरिने छ। कविता यहि असोज २२ गते सम्ममा पठाइसक्नु पर्नेछ ।

कविता नेपाली फन्ट प्रितीमा टाईप गरी कविले उमेर खुल्ने परिचयपत्र र चारित्रिक विवरण pycbagamati@gmail.com इमेल मा पठाउन सकिने छ ।

प्राप्त कविताहरू मध्येबाट निर्णायक समितिले छनोट गरेको उत्कृष्ट २० कविताहरुलाई आधार मानेर कार्यक्रममा वाचन गराइने कार्यालय प्रमुख शारदाकुमारी मैनालीले जानकारी दिईन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top