sujim advert

व्यवसायीलाई करदाता शिक्षा

डबली खबर     अशोज ८, २०८०

sizen education new intake 2025
ananda Jewellery shop

taxation education and interaction program in nuwakot
bidur tax consultancy services in nuwakot

विदुर – करदाता सेवा कार्यालय गल्छीले वर्तमान कर व्यवस्था तथा आर्थिक विधेयक २०८० मा भएका छुटसुविधाहरुको बारेमा जानकारीमूलक करदाता शिक्षा कार्यक्रम सम्पन्न गरेको छ । सोमबार ईलम प्रशिक्षण केन्द्र विदुरमा नुवाकोट उद्योग वाणिज्य संघको संयोजनमा कार्यक्रम भएको हो ।

व्यवसायीले करको विषयमा हेर्ने दृष्टिकोण परिवर्तन जरुरी रहेको कर कार्यालयका कर अधिकृत शिखा वाग्लेले बताईन् । छाता संगठन तथा परामर्श सेवाले आफ्ना सदस्यहरुलाई करको विषयमा सचेत गरी कर तिर्नुपर्ने भावना जागिकृत गर्नुपर्ने विचार व्यक्त गरिन् । कारोबार गर्ने सम्पूर्ण व्यवसायीलाई करको दायरामा आउन अनुरोध गरिन् ।

संघका अध्यक्ष राजेन्द्र श्रेष्ठले उद्योगी, व्यवसायीहरुले कर तिर्ने सहज वातावरण सिर्जना गर्न र जिल्लाका व्यवसायीहरुलाई प्रोत्साहन र मनोबल बढाउने कार्यक्रम ल्याउन कर कार्यालयलाई अनुरोध गरे । जिल्लामा नयाँ व्यवसायीहरुको सहजताका लागि घुम्ती शिविर सञ्चालन गर्न समेत कर अधिकृत वाग्लेलाई प्रस्ताव राखे ।

आव २०८०/८१ को बजेट वक्तव्यमा उल्लेख भएको मूल्य अभिवृद्धि कर अवधि परिवर्तन, प्यान/भ्याट, तथा कर छुट लगायतका विषयबारे कार्यालयका प्रेमकुमार श्रेष्ठले प्रस्तुति दिएका थिए ।

कार्यक्रममा सहभागीहरुले व्यक्तिगत तथा व्यवासायिक कर, मूल्य अभिवृद्धि कर लगायतका विषयकमा जिज्ञासा राखेका थिए ।

orchid academy nuwakot admission open 11 grade
as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top