sujim bazar advert

एक हजारभन्दाबढीले लिए स्वास्थ्य उपचार सेवा

डबली खबर     अशोज ७, २०८०

Sizen Education Consultancy Pvt. Ltd.

free health camp in Dupcheshwar RM Nuwakot
Big Education Consultancy Nuwakot

नुवाकोट – शनिबार दुप्चेश्वर गाउँपालिकाका एक हजारभन्दा बढी नागरिकहरुले निःशुल्क स्वास्थ्य शिविरबाट उपचार लिएका छन् । यशोदादेवि भगवानसिंह केसी मेमोरियल ट्रस्ट,ॐ हस्पिटल रिसर्च सेन्टर, सुर्यमती चन्द्रमती बहुउद्धेशीय सहकारी संस्थाद्वारा संयुक्त रुपमा समुन्द्रटार स्वास्थ्यचौकीमा १ दिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको थियो ।

आफ्ना आमाबुबाको स्मृतिमा ट्रस्टमार्फत विभिन्न सामाजिक काम गर्दै आइरहेको नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसी परिवारले नुवाकोटको दुप्चेश्वर गाउँपालिकाका नागरिकहरुलाई निःशुल्क स्वास्थ्य शिविरको व्यवस्थापन गरेको हो ।

ट्रस्टको आयोजनामा भएको स्वास्थ्य शिविरपछि ९१ जना स्वयम्सेविकाहरुलाई सम्मान गरिएको ट्रस्टका सचिव जगदीश्वरनरसिंह केसीले जानकारी दिए ।

स्वास्थ्य शिविरमा विशेषज्ञ चिकित्सकहरुले पूर्जीअनुसार बिरामीहरुलाई औषधी समेत वितरण गरिएको ट्रस्टका अध्यक्ष केदारनरसिंह केसीले जानकारी दिए । शिविरमा नाक, कान, घाँटी, हाडजोर्नी, मधुमेह, अल्ट्रासाउण्ड, एक्सरेलगायतका उपचार सेवा प्रदान गरिएको उनले जानकारी दिए ।

ट्रस्टका संरक्षक अर्जुननरसिंह केसीले आफूहरुले राजनीतिभन्दा पर गएर सामाजिक भावनाले आफ्ना माता पिताको स्मृतिमा काम गर्दै आएको बताए ।

यसअघि ट्रस्टमार्फत नुवाकोट जिल्लाका विभिन्न स्वास्थ्य केन्द्रहरुलाई स्वास्थ्य सामाग्री वितरण गरेका थिए ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top