sujim advert

सिसि क्यामेरामा ख्यातिप्राप्त दावा टेक्नोलोजिको बिक्रेता सम्मेलन

डबली खबर     अशोज ५, २०८०

sizen education new intake 2025
ananda Jewellery shop
advertisement placement

bidur tax consultancy services in nuwakot

काठमाडौं – सिसि क्यामेरामा ख्यातिप्राप्त दावा टेक्नोलोजिले नेपाल अधिराज्यभरका ‘बिक्रेता सम्मेलन’ गरेको छ । चिनियाँ ब्राण्ड दावाले नेपालको आधिकारिक बिक्रेता एचएमसी नेपालको आयोजनामा उक्त कार्यक्रम गरेको जनाएको छ ।

कार्यक्रममा वर्षभरी दावा टेक्नोलोजिको सामाग्री धेरै बेच्ने १२ बिक्रेतालाई सम्मानसहित ५ लाख बराबरको स्वास्थ्य बीमा प्रदान गरेको छ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यको आतिथ्यमा भएको कार्यक्रममा दावा टेक्नोलोजिका चिनियाँ डेलिगेट्सहरुको समेत उपस्थिती थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक बज्रचार्यले सीसी क्यामेराका कारण समाजमा सुरक्षा र शान्ति कायम गर्न सहज भएको बताए । उनले देशमा भइरहेका प्रमुख अपराधिक घटनामा सीसी टीभी फुटेजका कारण अनुसन्धान गर्न र उनीहरुलाई नियन्त्रणमा लिन सहज भएको समेत बताए ।

आधिकारिक बिक्रेता एचएमसीका सन्तोषकुमार श्रेष्ठले दावा टेक्नोलोजिका कारण नेपालमा असुरक्षाको जोखिम न्यूनीकरण हुँदै गएको बताए । उनले दावाबाट उत्पादित सीसी क्यामेराका कारण समाजमा शान्ति र अमनचयन कायम गर्न सहयोगी भूमिका खेलेको बताए ।

देशभरका वितरकहरु सहभागी रहेको कार्यक्रममा चीनबाट दावा टेक्नोलोजिका दक्षिण एसिया क्षेत्रीय निर्देशक जेम्स युले नेपालमा सीसी क्यामेराको बजार बढ्दो अवस्थामा रहेको बताए । उनले भने, ‘चीन र भारतबीचमा रहेको नेपालमा आर्थिक गतिविधि बढ्दै जाँदा सीसी टीभीको माग समेत बढ्दै गइरहेको छ ।’

HPV-Vaccination-Campaign-Against-Cervical-Cancer-2081-ad
as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top