२०८०, २४ मंसिर आईतवार
social securities awareness bidur municipality

‘बादलडाँडा’ को गृह लोकार्पण

डबली खबर     आश्विन ३ २०८० १६:५८

badaldanda home released in nuwakot
pratik book and stationery center in nuwakot

विदुर – नियात्राकार तथा पर्यटन व्यवसायी राजेन्द्रमान डङ्गोलकृत तेस्रो नियात्रा सङ्ग्रह ‘बादलडाँडा‘को एक विशेष समारोहबीच नुवाकोटमा गृह लोकार्पण गरिएको छ ।

बुधबार विदुर नपा-२ अशोकबाटिकास्थित भैरवी माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा त्रिभूवन विश्वविद्यालयका प्राध्यापक केशव सुवेदीले डंगोलको कृति लोकार्पण गरेका हुन् ।

कार्यक्रममा कवि तथा समालोचक आरएम डङ्गोलले नियात्राकार डङ्गोलको परिचय, व्यक्तित्व र कृतित्वबारे प्रकाश पारेका थिए ।

नियात्राकार डङ्गोलले ‘बादलडाँडा’ कृति पाठकको दिलदिमागमा रहे मात्र सर्जकको संरक्षण हुने तर्क व्यक्त गरे ।

पर्यटन यात्रापछि आममान्छे, समय, संस्कृति र भूगोलसँग अन्तरक्रिया गर्न अभ्यस्त बनेका डंगोलको पुस्तकमा धर्तीको सुरम्यता, प्रकृति, मानव संस्कृति र इतिहास समेटिएको छ ।

BadalDanda - Rajendraman Dangol

‘बादलडाँडा’ भुँडीपुराण प्रकाशनले बजारमा ल्याएका हुन् ।

नियात्राकार डङ्गोलका यात्राका पाईला, पैतालामा हिउँ र आँखामा हिमाल नियात्रा कृति प्रकाशित छन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top