sujim advert

नेपाली सेनाका ९८ जना सिपाही दीक्षित

डबली खबर     भदौ २५, २०८०

sizen education new intake 2025
ananda Jewellery shop
advertisement placement

nepal army convocation in jabar jung gana nuwakot
bidur tax consultancy services in nuwakot

विदुर – जबरजंग गण नुवाकोटमा सञ्चालित सैन्य आधार तालिमबाट ९८ जना नेपाली सेनाका सिपाही दीक्षित भएका छन् ।

सोमबार एक कार्यक्रममा उनीहरुलाई मध्यपृतना मुख्यालयका महासेनानी मदन थापा क्षेत्रीले दीक्षित गर्दै सेवा प्रवेश गराएका हुन् ।

विदुर नगरपालिकाको देवीघाट ब्यारेकमा नौ महिने तालिम पूरा गरेकाहरुलाई एक समारोहको आयोजना गरेर दीक्षान्त गरिएको हो । सि.सं. १० सैन्य आधार तालिमको दीक्षान्त समारोह सम्पन्न भएको गणका गणपति चिरञ्जीवी पौडेलले जानकारी दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै सहायक रथी थापाले दीक्षितहरुलाई निर्देशन दिदैं राष्ट्रले योग्य व्यक्तिका रुपमा छनौट गरेकाले कार्य क्षेत्रमा खटिदा राष्ट्र, नेपाली जनता र नेपाली सेनाको शिर उच्च राख्ने गरी काम गर्नुपर्ने बताए ।

तालिम अवधिभर विभिन्न विधामा उत्कृष्ट हुन सफल भएका सिपाहीलाई महासेनानी थापाले पुरस्कार वितरण गरेका थिए ।

यस्तै, सैन्य तालिम केन्द्रबाट सि.सं. ७८ सैन्य आधारबाट २८९ महिला शिक्षार्थी दीक्षित भएका छन् । नेपाली सेनाका बलाधिकृत रथी सरोजप्रताप राणाले शिक्षार्थीलाई दीक्षित गराएका थिए ।

HPV-Vaccination-Campaign-Against-Cervical-Cancer-2081-ad
as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top