sujim bazar advert

आत्महत्या रोकथामको निःशुल्क ११६६ हटलाइन

डबली खबर     भदौ २४, २०८०

Sizen Education Consultancy Pvt. Ltd.

ncell announce free sucide hotline service
Big Education Consultancy Nuwakot
global ime bank flash loan

काठमाडौं – एनसेलका ग्राहकले पनि ११६६ मा निःशुल्क फोन गरि मनोचिकित्सक तथा मनोपरामर्शदातासँग आवश्यक परामर्श लिन सक्ने भएका छन् । एनसेल आजियाटा लिमिटेड र मानसिक अस्पतालबीच भएको सहकार्य अनुरुप आत्महत्या रोकथामका लागि सरकारले सञ्चालन गर्दै आएको राष्ट्रिय हेल्पलाइनमा अब एनसेलका ग्राहकले पनि नि:शुल्क फोन गर्न सक्ने भएका हुन् ।

हालै मात्र विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा मानसिक अस्पताल, लगनखेलमा आयोजित एक कार्यक्रममा एनसेलले यस हेल्पलाइनको लागि सिम सहितको ह्याण्डसेट सोलुसन्स हस्तान्तरण गरेको छ । यससँगै अब यो हटलाइनमा एनसेल नेटवर्कबाट पनि फोन लाग्ने भएको हो ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले सबैको जीवनमा स्वस्थ मानसिक स्वास्थ्यले ठूलो भूमिका राख्ने बताउँदै राष्ट्रिय हेल्पलाइनमा आबद्ध भई यो सेवालाई अझ प्रभावकारी बनाउनका लागि योगदान पुर्याउन सहकार्य गर्न पाएकोमा खुसी भएको बताए ।

कुनै पनि व्यक्तिमा आत्महत्याको सोच आए, कोही व्यक्तिले त्यस्तो व्यवहार देखाए, आत्महत्याको अवस्थाबाट उनीहरुलाई बचाउने उद्देश्यले सरकारले यो हेल्पलाइन सुरु गरेको उनको उनको भनाई छ । ‘आत्महत्याको सोच र अन्य मानसिक स्वास्थ्य समस्याहरुका बारेमा फोन आउने क्रम बढिरहेको मानसिक अस्पतालका निर्देशक डा. अनन्त प्रसाद अधिकारीले भने ।

जहिले मनमा गाह्रो महशुस हुने, तनाव हुने, आफैलाई हानि पुर्याउन वा दुख दिन मन लाग्ने जस्ता लक्षणहरु देखिएमा तत्काल यस हटलाइनमा फोन गरि तालिम प्राप्त मनोपरामर्शदातासँग परामर्श गरि त्यस्ता सोचहरुबाट बाहिर आउन मद्दत लिन सकिने मानसिक अस्तपालले जनाएको छ । सरकारले विश्व स्वास्थ्य सङ्गठन र टिपिओ नेपालको सहयोगमा मानसिक अस्पताल, लगनखेल पाटनबाट यो सेवा सञ्चालन गर्दै आएको छ ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top