sujim bazar advert

नुवाकोट प्रहरीमा अब ‘स्मार्ट कन्ट्रोल रुम’

डबली खबर     भदौ २०, २०८०

Sizen Education Consultancy Pvt. Ltd.

smart control room started in nuwakot police
Big Education Consultancy Nuwakot

विदुर – जिल्ला प्रहरी कार्यालय नुवाकोटले स्मार्ट कन्ट्रोल रुमको सुरुवात गरेको छ। नुवाकोट प्रहरीले कुनै पनि घटनाको छिटो र छरितो जानकारी लिनुका साथै त्यसको प्रतिकार्यका लागी स्मार्ट कन्ट्रोल रुम सुरुवात गरेको जनाएको छ।

स्मार्ट कन्ट्रोल रुमको बुधबार नुवाकोटका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल र विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले संयुक्तरुपमा उद्घाटन गरेका हुन् ।

कन्ट्रोल रुमको उद्घाटन समारोहमा बोल्दै प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डितले प्रहरी कन्ट्रोल रुमको १०० मा फोन नलाग्ने जनगुनासोको अन्त्य गर्दै डिजिटल रुपमै घटनाको जानकारी लगत र रिपोर्टको लागि पहिलो चरणमा आन्तरिक स्मार्ट कन्ट्रोल रुम सञ्चालन गरिएको बताए। 

सूचना प्रविधिको प्रयोग गरी गुनासोकर्ता र नजिकको प्रहरीसँग प्रत्यक्ष सम्पर्क गराउने तथा एसएमएसबाट समेत घटनाबारे जानकारी गराई तत्काल घटनास्थल पुग्न यस सम्बन्धी एप पनि सञ्चालनमा ल्याउने तयारी भइरहेको उनले बताए। जसका लागि स्थानीय तहको सहयोग आवश्यक रहेको उनले बताए ।

स्मार्ट कन्ट्रोल रुममा तत्कालका लागि २/२ थान फोन, कम्प्युटर र सिसिटिभी क्यामेरा निगरानी मनिटर गरी सेवाको सुरुवात गरिएको छ । कन्ट्रोल रुम स्थापनार्थ विदुर नगरपालिका, म्यागङ गाउँपालिका, किस्पाङ गाउँपालिका लगायतले सहयोग गरेका छन् ।

कार्यक्रममा बागमती प्रदेशका प्रहरी निरीक्षक राजु केसीले स्मार्ट कन्ट्रोल रुमको बारेमा जानकारी दिँदै सूचना प्रविधिका कारण हामी पछाडि परेको र नागरिकले घटनाको बारेमा जानकारी गराए पनि समयमा प्रहरी आउँदैन भन्ने गुनासो समाधान गर्न स्मार्ट कन्ट्रोलको अवधारणा सहयोगी हुने विश्वास व्यक्त गरे।

प्रदेशमा यसअघि मकवानपुरमा स्मार्ट प्रहरी कन्ट्रोल सञ्चालनमा ल्याई सकेको छ भने काभ्रे र चितवन जिल्लामा यसपछि सञ्चालनमा ल्याईने प्रहरी निरीक्षक केसीले जानकारी दिए ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top