sujim bazar advert

राष्ट्रिय परिचय पत्रका लागि नुवाकोटमा ५९ हजारको विवरण संकलन

डबली खबर     भदौ १७, २०८०

Sizen Education Consultancy Pvt. Ltd.

National Identity Card (Nepal)
Big Education Consultancy Nuwakot
global ime bank flash loan

विदुर – राष्ट्रिय परिचय पत्रका लागि पछिल्लोपटक नुवाकोटमा ५९ हजार बढीको विवरण दर्ता भएको छ । जिल्लाका नौ स्थानीय तहमा राष्ट्रिय परिचय पत्र विवरण दर्ता संकलन कार्य सम्पन्न हुँदा ५९ हजार ६२९ जनाको विवरण संकलन भएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए ।

जिल्ला प्रशासन कार्यलय विदुरबाट गरिएको सेवालाई शिविरको रुपमा स्थानीय तहबाट राष्ट्रिय परिचय पत्र विवरण दर्ता संकलन कार्यलाई तीव्र पारिएको हो ।

जिल्लाका बेलकोटगढी, म्यागङ, दुप्चेश्वर, किस्पाङ, तारकेश्वर, सुर्यगढ़ी, लिखु, तादी र शिवपुरीमा दर्ता संकलन कार्य गरिएको छ। जसमा तादी र शिवपुरी गाउँपालिकामा विवरण संकलन कार्य जारी रहेको छ ।

जसअनुसार बेलकोटगढी नगरपालिकामा १५ हजार ७९० जनाको विवरण दर्ता संकलन गरिएको छ ।

त्यस्तै, म्यागङ गाउँपालिकामा छ हजार १२, दुप्चेश्वर गाउँपालिकामा आठ हजार ७३८, किस्पाङ गाउँपालिकामा पाँच हजार ३८५ जनाको विवरण दर्ता संकलन गरिएको जिल्ला अधिकारी पौडेलले जानकारी दिए ।

त्यस्तै तारकेश्वर गाउँपालिकामा आठ हजार २४९, सुर्यगढी गाउँपालिकामा छ हजार ८४७, लिखु गाउँपालिकामा छ हजार ६३५, तादी गाउँपालिकामा एक हजार ८१० र शिवपुरी गाउँपालिकामा १६३ जनाको विवरण दर्ता संकलन गरिएको छ ।

संकलन कार्यको लागि एउटा स्थानीय तहमा १५ दिनसम्म संकलन गरिने जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality
9th Nuwakot Mahotsav 2082

ताजा अपडेट

प्रतिक्रिया

Top