२०८०, ४ आश्विन बिहीबार
social securities awareness bidur municipality

नुवाकोटमा राष्ट्रिय परिचयपत्र वितरण सुरु

डबली खबर     श्रावण ११ २०८० १२:०१

pratik book and stationery center in nuwakot

विदुर – राष्ट्रिय परिचयपत्र नुवाकोटमा वितरण कार्य सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोटले एक कार्यक्रम आयोजना गरी परिचयपत्र वितरण गरिएको हो ।

बागमती प्रदेशका बागमती प्रदेशका मन्त्रीद्वय आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामा, स्वास्थ्य मन्त्री उत्तम जोशी, सांसद राधिका तामाङ, सांसद रमेश महतलगायतको उपस्थितिमा राष्ट्रिय परिचयपत्र वितरण गरिएको हो ।

किस्पाङ गाउँपालिका–४ गुम्बागाउँका मानबहादुर तामाङले पहिलो परिचयपत्र पाउने व्यक्ति भएका छन् । ६९ वर्षीय तामाङलाई आर्थिक मामिला तथा योजना मन्त्री लामाले परिचयपत्र हस्तातरण गरेका हुन् ।

विभागबाट सुरुवात चरणमा विवरण दर्ता भएका मध्ये एक हजार ४८१ प्रति राष्ट्रिय परिचरपत्र प्रिन्ट भएर आएको प्रमुख जिल्ला किरण थापाले जानकारी दिए । राष्ट्रिय परिचयपत्रको लागि विवरण दर्ता गराएकाहरुको केहि परिचय पत्र बनेर आएकोले आफ्नो मोबाईलमा म्यासेज प्राप्त गर्ने सेवाग्राहीले आफै उपस्थिति भई कार्ड लान सक्ने उनले बताए ।

कार्यलयबाट परिचयपत्र आएको मोबाईलमा जानकारी गराईन्छ । त्यसपछि परिचय प्राप्त गर्नको लागि नागरिकनै स्वयम् उपस्थित भई बायोमेटिक प्रमाणिकरण गरी सुरक्षाको लागि पिनकोड राखि सकेपछि मात्र उक्त कार्ड प्राप्त गर्न सकिने राष्ट्रिय परिपत्र शाखाका कम्प्युटर अपरेटर सुरज नगरकोटीले बताए । कार्डको विवरण गलत भए सच्चाउनको लागि रु.५०० शुल्क बुझाएर पुनःफाराम भर्नुपर्ने उनले बताए ।

हाल परिचयपत्र बनाउनको लागि अनलाईनद्वारा सर्वसाधरणले घरैबाट अनलाइन फर्म भरेर फोटो खिच्न र बायोमिटिकको लागि मिति र समय लिन सकिन व्यवस्था रहेको छ ।

आर्थिक वर्ष २०६६/६७ को बजेट तथा नीति कार्यक्रममार्फत सरकारले परिचयपत्र वितरण गर्ने घोषणा गरेको थियो । व्यक्तिका वैयक्तिक र जैविक सूचनालाई आधिकारिक रूपमा संकलन गरी प्रत्येक नागरिकलाई एकअर्कासँग मेल नखाने परिचय नम्बर दिइ बहुउपयोगी र आधुनिक प्रविधियुक्त राष्ट्रिय परिचयपत्र वितरण गर्ने उद्देश्य छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.MHz
Radio Sanjiwani
Radio Langtang

Top