विदुर – नुवाकोटका किसानहरुलाई १५ सय फलफुलका बिरुवा वितरण गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका नेता सुमन पाण्डेले म्यागङ गाउँपालिका-६ र किस्पाङ गाउँपालिकाका-४ का किसानहरुलाई व्यवसायी बनाउने उद्देश्यले फलफुलका बिरुवाहरु वितरण गरेको हो ।
जिल्लालाई कृषि जोन बनाउन र युवालाई कृषिमा आकर्षण गर्नको लागि उक्त बिरुवा वितरण गरिएको नेता पाण्डेले बताए ।
वितरण भएका बिरुवाहरुमा एभाकाडो, कागती, सुन्तला ५००/५०० बिरुवाहरु रहेका छन् ।
प्रतिक्रिया