sujim advert

पुरू लम्सालका दुई वृत्तचित्र अमेरिकाको चलचित्र महोत्सवमा

डबली खबर     २ वर्ष अगाडि

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

puru lamsal lane doc fest
bidur tax consultancy services in nuwakot

विदुर – पुरू लम्सालको लेखन तथा निर्देशनमा रहेका दुई वृत्तचित्र अमेरिकाको ज्याक्सनमा हुन लागेको चलचित्र महोत्समा छनाेटमा परेका छन् ।

अमेरिकाको ज्याक्सनमा यहि सेप्टेम्बर ३० देखि अक्टोबर ७ सम्म आयोजना हुने लेन डक फेस्ट चलचित्र महोत्सवमा पुरू लम्सालको लेखन र निर्दृेशनमा रहेको वृत्तचित्र ‘गाेरु पर्व’ र नुवाकोटकै प्रसिद्ध दुप्चेश्वरको जात्रामा आधारित वृत्तचित्र ‘आस्थाकाे ढुंगा’ छनाेटमा परेका हुन् । महोत्सवमा एउटै लेखकका दुईवटा वृत्तचित्र छानिएको यो पहिलो हो ।

यी दुईवटै वृत्तचित्र सिने मेकर्स प्रालिले निर्माण गरेकाे हाे । गाेरु पर्वकाे निर्माता केपी पाठक र निरञ्जन सिक्देल शर्मा हुन् भने आस्थाकाे ढुंगाकाे निर्माता रसिक पाठक, सुशीलसिंह ठकुरी हुन् । ‘गाेरु पर्व’ को छायांकन रमेश धमला र ज्योति सिंहले गरेका हुन् भने सम्पादन लव प्याकुरेलले गरेका हुन् । यस्तै ‘आस्थाकाे ढुंगा’ को छायांकन रमेश धमला र वैकुण्ठ गौतमले गरेका हुन् भने सम्पादन आशिष डंगोल र शिव पुरीले गरेका हुन् ।

लेखक लम्सालका ठूलीका सपनाहरू, अर्काे ओरालो, देश हराएका मान्छेहरू, पानीघट्ट, नौगेडी, देउकाशी, मनझाँक्री नाटकसंग्रह प्रकाशित भइसकेका छन् । 

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top