sujim bazar advert

पुरू लम्सालका दुई वृत्तचित्र अमेरिकाको चलचित्र महोत्सवमा

डबली खबर     भदौ १२, २०८०

Sizen Education Consultancy Pvt. Ltd.

puru lamsal lane doc fest
Big Education Consultancy Nuwakot
global ime bank flash loan

विदुर – पुरू लम्सालको लेखन तथा निर्देशनमा रहेका दुई वृत्तचित्र अमेरिकाको ज्याक्सनमा हुन लागेको चलचित्र महोत्समा छनाेटमा परेका छन् ।

अमेरिकाको ज्याक्सनमा यहि सेप्टेम्बर ३० देखि अक्टोबर ७ सम्म आयोजना हुने लेन डक फेस्ट चलचित्र महोत्सवमा पुरू लम्सालको लेखन र निर्दृेशनमा रहेको वृत्तचित्र ‘गाेरु पर्व’ र नुवाकोटकै प्रसिद्ध दुप्चेश्वरको जात्रामा आधारित वृत्तचित्र ‘आस्थाकाे ढुंगा’ छनाेटमा परेका हुन् । महोत्सवमा एउटै लेखकका दुईवटा वृत्तचित्र छानिएको यो पहिलो हो ।

यी दुईवटै वृत्तचित्र सिने मेकर्स प्रालिले निर्माण गरेकाे हाे । गाेरु पर्वकाे निर्माता केपी पाठक र निरञ्जन सिक्देल शर्मा हुन् भने आस्थाकाे ढुंगाकाे निर्माता रसिक पाठक, सुशीलसिंह ठकुरी हुन् । ‘गाेरु पर्व’ को छायांकन रमेश धमला र ज्योति सिंहले गरेका हुन् भने सम्पादन लव प्याकुरेलले गरेका हुन् । यस्तै ‘आस्थाकाे ढुंगा’ को छायांकन रमेश धमला र वैकुण्ठ गौतमले गरेका हुन् भने सम्पादन आशिष डंगोल र शिव पुरीले गरेका हुन् ।

लेखक लम्सालका ठूलीका सपनाहरू, अर्काे ओरालो, देश हराएका मान्छेहरू, पानीघट्ट, नौगेडी, देउकाशी, मनझाँक्री नाटकसंग्रह प्रकाशित भइसकेका छन् । 

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top