२०८१, १७ बैशाख सोमबार

बिपी साहित्य महोत्सव भदौ २४ गतेदेखि २६ गतेसम्म

डबली खबर     भाद्र ११ २०८० १७:३९

nepali congress lecture mahotsav 2080
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – नेपाली काँग्रेसले यही भदौ २४ गतेदेखि २६ गतेसम्म बिपी साहित्य महोत्सव गरिने भएको छ।

कांग्रेस केन्द्रीय कार्यालय र नेपाली लेखक संघको संयोजनमा साहित्य महोत्सव हुने काँग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

मनोविश्लेषणात्मक साहित्य र व्यक्तिसत्ता, साहित्यमा पर्यावरण, समय र सबाल्र्टन, नेपालको मातृभाषा साहित्य, बिपीका आख्यानमा नारी, बिपीका आख्यानमा मधेश, बिपीका दृष्टिमा बिपी, बिपीले नपाएका १५ वर्ष, अन्तर्राष्ट्रिय राजनीति र कुटनीतिमा बिपी, समावेशिता, सामाजिक रुपान्तरण र बिपी, युवा स्रष्टामा बिपी पठन र परिवारले बुझेका बिपी कार्यक्रम हुनेछ।

साथै कविता साँझ, गजल साँझ, सांगीतिक साँझ, चित्रकला प्रदर्शनी, वृत्तचित्र प्रदर्शनी, ऐतिहासिक फोटो प्रदर्शनी पनि हुनेछ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top