विदुर – गोकर्णेश्वर म्यार कप खुल्ला फिडे र्यापिड बुद्धिचाल प्रतियोगिताका क्याम्पियन आशिष फ्युयाल नुवाकोट जिल्लास्तरीय खुल्ला र्यापिड बुद्धिचाल प्रतियोगितामा प्रथम छन् । उनले ६.५ अंक ल्याउँदा प्रतिद्वन्द्वी पुरुषोतम सिलवाल ६ अंक प्राप्त गरे । योसंगै सिलवाल द्वितीय भए ।
स्वीस लिग प्रणालीमा सातौँ चरणसम्म भएको खेलमा ५.५ अंक बटुलेर पूर्व नेपाल च्याम्पियन नविन तण्डुकार तृतीय भएको नुवाकोट बुद्धिचाल संघका अध्यक्ष प्रकाश जोशीले जानकारी दिए ।
विदुर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष लेनिन रञ्जितले प्रतियोगिताका विजयी हुनेहरु प्रथम, द्वितीय र तृतीयले क्रमशः नगद १० हजार, ७ हजार र ५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्रदान गरे ।
साउन १९ र २० गते दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा नुवाकोटका ३७ खेलाडीहरु र अन्य जिल्लाका गरी कुल ५६ जना खेलाडीहरुको सहभागिता जनाएका थिए ।
अन्तर्राष्ट्रिय फिडे नियमअनुसार भएको प्रतियोगितामा जिल्ला बाहिरको खेलाडीहरुलाई वाईल्ड कार्डमार्फत् समावेश गराइएको संघका अध्यक्ष जोशीले जानकारी दिए ।
अंक तालिका
प्रतिक्रिया