एमाले प्रचारप्रसार विभागको सचिवमा बलामी

यशोदा कार्की     श्रावण २० २०८० १८:४६

cpnuml nuwakot information and publication meeting
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – नेपाल कम्युनिष्ट पार्टी एमाले नुवाकोटको प्रचारप्रसार तथा प्रकाशन विभागको सचिवमा समीर बलामी चयन भएका छन् । पार्टीका अध्यक्ष तथा प्रचार विभाग प्रमुख बद्री मैनालीको उपस्थितिमा सदस्यसहितको पूर्ण बैठकले बलामीलाई सर्वसम्मत सो पदमा छनोट गरेको हो । बैठकले सदस्यहरुमा सुनिल श्रेष्ठ, कृष्णप्रसाद अधिकारी र शिवहरी पाठकलाई चयन गरी विभागलाई पूर्णता दिएको छ ।

शनिबार पार्टीका अध्यक्ष मैनालीले बलामीलाई पदवहाली गराउँदै पार्टीका गतिविधिलाई प्रचारप्रसार गरी जनतालाई सूसुचीत गराउन निर्देशन दिए । 

पदवहालीपछि नवनियुक्त सचिव बलामीले विभागका कार्यलाई व्यवस्थितरूपमा डिजीटल रुपमा अभिलेख गरी आफूले पाएको जिम्मेवारीलाई समन्वयात्मक ढङ्गले कुशलतापूर्वक निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे । 

बैठकले जिल्लामा सञ्चालन गरेको मिडियाहरुको सूची संकल्प र सहकार्यमा पार्टीको गतिविधिहरुको प्रचारप्रसार गर्न मिडिया डेस्क स्थापना गर्न र उक्त डेस्कको संयोजकमा देवचन्द्र भट्टलाई तोकिएको छ ।

पार्टीलाई डिजिटलाईज गर्न वेबसाईटको माध्यमबाट जिल्ला स्थानीय र वडागत रुपमा पार्टीको गतिविधि, सूचना सम्प्रेषण जनतामाझ पुर्याउन वेब निर्माण गर्ने निर्यण गरेको छ । विभागले पार्टी तहका पदाधिकारी, जनवर्गीय संगठनका सबै पदाधिकारी र विभागका संयोजकसहितको प्रचारप्रसार कार्यशाला गर्ने निर्णय गरेको छ ।

नेपका एमाले निकट प्रेस चौतारीको सदस्य विस्तारको लागी चौतारीका सचिव सुनील श्रेष्ठलाई जिम्मेवारी दिएको छ ।

यस्तै, जिल्लामा रहेका रेडियोहरुमा पार्टीको सूचना सम्प्रेषणको लागी देवचन्द्र भट्ट र श्रीराम अधिकारीलाई जिम्मेवारी दिएको छ भने श्रव्यदृश्यको लागि केदार ढकाललाई जिम्मेवारी दिएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top